मलेसियामा आप्रवासी बोकेको डुंगा पल्टिँदा १ जनाको मृत्यु, १८ बेपत्ता
- रासस/एएफपी
- मंगलबार, १९ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

क्वालालम्पुर । मलेसियाको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने १८ जना हराइरहेका छन्।
इन्डोनेसियाबाट गैरकानुनी आप्रवासीहरुलाई लिएर आएको डुङ्गा दुर्घटनामा परेको अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।
इन्डोनेसियाको बाटामबाट आइतबार राती मलेसियातर्फ आएको डुङ्गामा ४४ जना यात्रु सवार थिए। डुङ्गाका यात्रुमध्ये २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
‘अहिलेसम्म हराइरहेका मध्ये १८ जनाको खोजी तथा उद्धार कार्य भइरहेको छ,’ एक उच्च अधिकारीले भने।
प्रारम्भिक विवरण अनुसार क्षमताभन्दा बढी यात्रु ल्याएको र खराब मौसमका कारण डुङ्गा दुर्घटना भएको अनुमान गरिएको छ।
डुङ्गा दुर्घटना भएको ठाउँको १ सय ५० वर्गमिटर क्षेत्रमा खोजी कार्य जारी राखिएको छ। खोजी तथा उद्धारका लागि सरकारका विभिन्न निकायका १ सय ५० जना अधिकारीहरू, सात डुङ्गा र पानीजहाज तथा हेलिकोप्टर पनि परिचालन गरिएको छ।
काम खोज्दै इन्डोनेसियाका अवैध आप्रवासीहरू बेलाबेलामा यसैगरी मलेसिया जाने गर्दछन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 4 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 35 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।