मलेसियाका पूर्वप्रधानमन्त्री नजिब पक्राउ
- बुधबार, २० आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उहाँलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।
सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेका ६४ वर्षीय पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ ।
भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो ।
उनकै पूर्वअविभावकसमेत रहनु भएका महाथिर मोहम्मद नेतृत्वको पार्टीले पराजित गरिदिएपछि रज्जाक सत्ताबाट बाहिरिनु परेको थियो ।
निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देशबाट बाहिरिनसमेत प्रतिबन्ध लगाइएको थियो ।
रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उहाँकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, उनको सौतातर्फको छोरो रिज अजिज र उहाँका पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने विषेश टोलीका अनुसन्धानकर्ताहरुले अन्य सरोकारवालाहरुसँग पनि अनुसन्धान तथा सोधपुछ गरिरहेको जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
- 47 seconds ago

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन
झापाबाट अवैध सामान बरामद
- 20 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 31 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।