मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा
- बुधबार, २० आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।
उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए ।
निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ ।
भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए ।
सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री हुन् ।
निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।
हालसालै सत्ताबाट बाहिरिएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका थिए ।
निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो ।
सरकारी लगानीको एक कम्पनीमा उनको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उनीमाथि अनियमितताको प्रश्न उठाइएको छ ।
रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उनका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
- 2 minutes ago

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की
- 10 minutes ago

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएपछि...
- 16 minutes ago

एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ज्यान मार्ने धम्की आएको छ । दिल्ली पुलिसका अनुसार आरोपीको मानसिक अवस्था ठीक छैन।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।