माल्दिभ्सका निर्वासित पूर्वराष्ट्रपति नाशीद स्वदेश फिर्ता
- शुक्रबार, १६ कार्तिक, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

कोलम्बो । माल्दिभ्सका पूर्व मोहम्मद नाशीद निर्वासित जीवन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।
माल्दिभ्सको सर्वोच्च अदालतले नाशिदलाई पक्राउ गर्न नमिल्ने आदेश दिएपछि उहाँ बिहीबार स्वदेश फर्किएका हुन् ।
उनलाई आतङ्वाद सम्वन्धी विवादास्पद एउटा मुद्धामा १३ बर्ष जेल सजाय गराउन भनिएको थियो ।
उनलाई नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले मालेस्थित विमानस्थलमा स्वागत गरेका थिए ।
नयाँ सरकारमा उनको भूमिका के हुन्छ भन्ने बारेमा अहिले नै स्पष्ट भइनसकेपनि कानूनी रूपमा सोलिहले नै यही महिना सरकार गठन गर्नुपर्ने अवस्था छ ।
माल्दिभ्समा लोकतन्त्रका योद्धाका रूपमा चिनिने ५१ बर्षीय नाशीदलाई जेल सजायको आदेश भएकाले सन् २०१६ देखि निर्वासनमा थिए ।
निवर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनको कार्यकालका बेला उनी स्वदेशमै रहेको भए पक्राउ पर्ने खतरा रहेको थियो ।
तत्कालिन राष्ट्रपति यमीनसँग नाशीदले नै निर्वाचन लड्ने अपेक्षा गरिएको थियो । तर निर्वाचन आयोगले उनलाई निर्वाचन लड्न नमिल्ने बताएपछि सोलिहले प्रतिश्पर्धा गरेका थिए ।
आफ्नो कार्यकालमा यमीनले सर्वत्र हस्तक्षेप गरेर एकलौटी पेलेर गएकाले अहिलेको निर्वाचनबाट नयाँ नेता छानिएकाले मुलुकले नयाँ र लोकतान्त्रिक कोड लिने अपेक्षा गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 42 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 46 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 59 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।