माल्दिभ्सको नतिजा चाडै सार्वजनिक हुने निर्वाचन आयोगको दावी

Global IME
Norvic Hospital

माले । माल्दिभ्सको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचनको नतिजा चाडै सार्वजनिक हुने दावी गरेको छ । 

 

आयोगले औपचारिक रुपमा नतिजा सार्वजनिक गर्न ढिलाई नहुने बिहीबार जानकारी दिएको अधिकारीहरूले बताएका छन् । 

 

आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार सत्तारुढ दल प्रोगे्रसिभ पार्टी अफ माल्दिभ्स (पिपिएम)ले केही चासोका विषय उठाएपनि औपचारिक नतिजा सार्वजनिक हुन ढिला हुने छैन । 

 

मुलुकको निर्वाचन कानूनमा निर्वाचन भएको सात दिन भित्रमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गर्नै पर्ने व्यवस्था गरिएको छ । 

 

पिपिएमका नेताहरूले बुधबार अबेर स्थानीय पत्रकारहरूसँग निर्वाचनका बारेमा असन्तुष्टि व्यक्त गरेका थिए । 

 

पिपिएमको तर्फबाट केही टिप्पणीहरू आएको प्रमुख निर्वाचन आयुक्त अहमद शरीफले पनि पुष्टी गर्नुभएको छ । शरीफले पिपिएमको टिप्पणीहरूलाई हेरेर उपयुक्त निर्णय लिने पनि स्पष्ट पारे। 

 

उनले यस्ता जे जति विवाद तथा टिप्पणीहरू भएपनि ती सवैको निरुपण गरेर चाडै नै निर्वाचन नतिजा सार्वजनिक गर्ने दावी गरे । 

 

उनले कानुनमा व्यवस्था भएजस्तो सात दिन भन्दा बढी समय नलाग्ने स्पष्ट पारेकाे भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

 

अनौपचारिक रुपमा आएका विवरणहरूका अनुसार प्रतिपक्षी दलको तर्फबाट उम्मेदबार बन्नु भएका इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी भएका छन् । उहाँले ५८।३ प्रतिशत मत प्राप्त गरेको समाचारमा जनाइएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 1 hour ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।