शुल्क वृद्धिको विरोधमा नेविसंघले शवयात्रा निकाल्यो
फाइल फाेटाे
काठमाडौँ। सत्ता साझेदार दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकालेको हो।
सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व भएको भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएको छ।
शुल्क वृद्धि गरेको फिर्तासँगै इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यायलको इन्जिनियरिङ शिक्षामा मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषण गर्नुपर्नेजस्ता माग नेविसंघले राख्दै प्रदर्शन गर्दै आइरहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको
काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे
काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।
काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच