मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत
- सोमबार, ११ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय
काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले गृहमन्त्री, रक्षामन्त्री र गुप्तचर निकायका प्रमुखले दिएको राजीनामा आइतबार अस्वीकृत गरेका छन् ।
मुलुकमा पछिल्लो समय छापामार आक्रमण बढेसँगै सरकारको व्यापक आलोचना भइरहेको बेला उनीहरुले राजीनामा दिएका थिए ।
शनिबार राजीनामा दिनेहरुमा रक्षामन्त्री तारिक शाह बाहरामी, गृहमन्त्री वाइस अहमद बार्माक र गुप्तचर प्रमुख मसूम स्टानेक्जाई रहेका छन् । राष्ट्रपति घानीले उनीहरुलाई आफ्नो जिम्मेवारी पूर्ववत रुपमा सम्हाल्न आग्रह गरेका छन् ।
“राष्ट्रपति घानीले उनीहरुको राजीनामा स्वीकृत गरेकाे छैन, बरु सुरक्षाको अवस्थामा सुधार गर्न सुझाव दिएका छन्,” राष्ट्रपतिको कार्यालयको वक्तव्यमा उल्लेख गरिएको छ ।
अफगानिस्तानमा आउँदो अक्टोबरमा हुनेगरी तय भएको संसदीय निर्वाचन अघि राष्ट्रपति घानीका शाक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार मोहमद हनिफ अत्मारले पनि अघिल्लो शनिबार राजीनामा दिएपछि सरकारमाथि सङ्कट बढेको छ ।
विद्रोहीलाई नियन्त्रण गर्न नसकेको भन्दै अफगानिस्तानभित्रै पछिल्लो समय घानी प्रशासनको व्यापक रुपमा आलोचना बढ्दै गइरहेको छ ।
तालिवान लडाकूहरुले देशभरका विभिन्न प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण तिब्र बनाएका छन् भने इस्लामिक स्टेट ९आइएस० समूहले राजधानी काबुललाई लक्षित गरेका छन् ।
अफगानिस्तानमा यही महिना मात्रै पनि शृंखलाबद्ध रुपमा असाधारण हिंसात्मक घटनाहरु धेरै भएका थिए ।
तालिबानले राजधानी काबुलबाट दुई घण्टाको मोटर यात्रामा पुग्न सकिने घाज्नीमा भिषण हमला गरेको थियो । स्थानीय अधिकारीहरुले तालिबानको सम्भावित हमलाबारे पटकपटक काबुललाई जानकारी गराउँदा पनि सहयोग नपाएको यहाँको सरकारी फौज निरीह बनेको थियो ।
मन्त्री र गुप्तचर प्रमुखको राजीनामा राष्ट्रपति घानीले तालिवानसँग निःशर्त तीन महिने युद्धबिरामको आह्वान गरेको एक हप्तापछि आएको हो । घानीको सो आह्वानलाई भने अमेरिका र नेटोले १७ बर्षसम्मको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण कदम भन्दै स्वागत गरेका थिए ।
घानीको आह्वानका बारेमा तालिवान लडाकूको तर्फबाट भने औपचारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 1 minute ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 4 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 22 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।