माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने पद्मरत्न तुलाधरलाई सम्मान

Global IME
Norvic Hospital

काठमाडौँ ।  तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ । 

 

मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) को एकमहीने कार्यक्रमअन्तर्गत यही भदौ ३० गते उनलाई नागरिक अभिनन्दन गरिँदैछ ।

 

 यही भदौ १६ गते वामपन्थी नेता तुलाधरलाई नेवारी परम्परानुसार ७७ वर्ष सात महीना सात दिन ७ घडी तथा ७ पलाको साइतमा भीमरथारोहण पनि गरिसकिएको छ । 

 

तुलाधर नागरिक अभिनन्दन समारोह समितिले भदौ १ गते देखि भदौ ३० गतेसम्म १२ कार्यक्रम गरी उनको सम्मान गरेको छ । 

 

अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले नेवार समुदायमा भीमरथारोहण अति महत्वपूर्ण रहेको र यस दिन मानिस भई जन्म लिएपछि एउटा अध्याय पूरा भएको मानिने बताए । 

 

नेवार समुदायमा शिशु र वृद्धावस्था गरी दुई पटक जंक्व गर्ने चलन छ । नेपाल भाषामा वृद्धावस्थामा गरिने जंक्वलाई बूढोजंक्व र बूढीजंक्व भनिन्छ । 

 

बूढोजंक्व गर्दा रथमा बूढाबूढीलाई राखेर आफ्नो टोल छिमेक तथा शहर परिक्रमा गर्ने प्रचलन छ । यस्तो भीमरथारोहण नेवार समुदायमा वृद्धवृद्धालाई तीन पटकसम्म गर्ने प्रचलन छ । 

 

अध्यक्ष मानन्धरले वामपन्थी नेता तुलाधरको राजनीतिक योगदान निक्कै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “काँग्रेस र कम्युनिष्ट दुबैशक्ति एक ठाउँमा आएपछि मात्र बहुदलीय व्यवस्था पुनःस्थापना गर्न सकिने मान्यता राख्ने तुलाधरले सर्वोच्च कमाण्डर गणेशमान सिंह र त्यसबेलाको वाममोर्चालाई एक ठाउँमा ल्याएका थिए, पछि २०४६ प्रजातन्त्र ल्याउन नेपाली जनता सफल भए ।” बताए । 

 

नेपाल भाषा मंका खलःमा नेतृत्वमा रहनुभएका तुलाधरसँग ‘नेपाल भाषा’ पत्रिकाका सम्पादक भई लामो समयसम्म पत्रकारिता गरेको अनुभव छ । 

 

त्यस्तै नेपाल संवत्लाई राष्ट्रिय संवत् तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणाको मान्यता दिलाउन पनि उनले सङ्घर्ष गरे । 

 

उनका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन् । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर विसं २०४२ मा नेकपा (माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए । 

 

नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर सन् विसं २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए । 

 

राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा९एमाले०र हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लिएको छ । 

 

 

मानन्धरको अध्यक्षतामा ११८ सदस्यीय अभिनन्दन समारोह समिति गठन गरिएको छ जसमा जनकवि दुर्गालाल श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दर, गणेश सायमी, नरेशवीर शाक्य आदि रहेको निर्देशक समिति पनि छ । 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यास, भावुक हुँदै के भने ?

  • 2 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यास, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 37 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।