पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ गते हुने

  • मंगलबार, २८ पुष, २०७७
  • 2 weeks ago
  • खेल

कास्की । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । 

 

म्याराथनको विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख, तृतीयले रु ७५ हजार र सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । 

 

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्व मानचित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ । 

 

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, ७५ हजार,  ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

नेपाली खेलकूदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

 

 गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागिता गराउनका लागि प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए । 

 

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ । जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ ।

 

यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्वितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिए ।

 

ह्लिचियर र दृृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले रु सात हजार, द्वितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले रु १० हजार द्वितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनका लागि रु ५० लाख ६० हजार खर्च लाग्ने प्रारम्भिक अनुमान रहेकामा प्रदेश सरकार, पोखरा महानगरपालिकालगायत सरकारी तथा निजी सङ्घ संस्थाबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 2 hours ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 3 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 3 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।