कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

प्रतिकात्मक तस्बिर

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।

 

सायद उनीहरु आफ्ना आमाबुबाले गरेको गलत निर्णयबाट बच्न चाहान्छन् । 

 

एक अध्ययनका अनुसार विवाह गर्ने निर्णय लिन व्यक्तिले आफ्नी आमाको विवाह तथा वैवाहिक अवस्था हेरेर निर्णय लिने गर्छन् ।  यसले जीवनसाथी छान्ने निर्णयमा ठुलो असर पार्ने अनुसन्धानले निष्कर्ष निकालेको छ । अध्ययनमा २,५८१ जना आमाहरु र ३,९१४ जना बच्चाहरु समावेश गरिएको थियो । 

 

अध्ययनकर्ताका अनुसार सानो उमेरमा विवाह गरेकी आमाको वैवाहिक जीवन सफल रहेको छ भने उनीहरु पनि २० वर्षको वा सो भन्दा पहिला नै विवाह बन्धनमा बाधिन चहान्छन् । तर, यदी आमाको विवाह सानो उमेरमा भएर पनि वैवाहिक जीवन राम्रो हुँदैन उनीहरुका बच्चाहरु भने विवाह त गर्छन् तर निकै ढिला । 

 

अध्ययनकर्ता भन्छन्,‘बच्चाहरु आफ्ना माता–पिताको पारपाचुकेलाई देखेर पनि जीवन साथी कस्तो रोज्नेबारे गम्भिर भएर निर्णय लिन्छन् । यस्ता निर्णय लिन उनीहरु धेरै समय खर्चिने गर्छन् ।’

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 12 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत

मानहुँकोट

  • 42 minutes ago
मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

  • 45 minutes ago
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

कालीगण्डकी । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।