यी हुन् फिल्म क्षेत्रसँग साइनो नै नभएकासँग विवाह गर्ने बलिउड सेलिब्रिटी

Global IME
Mega Bank
Norvic Hospital

बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन । कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् ।

कति प्रेमसम्बन्ध र मिडियादेखि पर समेत रहेका छन् । धेरै बलिउड अभिनेता तथा अभिनेत्रीहरुको एउटा न एउटा विगत रहेको छ । तर जब विवाह गर्ने समय आउँछ केही अभिनेता तथा अभिनेत्रीहरुले बलिउडबाट पर रहेका व्यक्तिहरुसँग विवाह गरेका छन् ।

उनीहरुलाई जीवनसाथीको रुपमा चुनेका छन् । 

 

शाहिद कपुर

बलिउडका चकलेटी नायकका रुपमा परिचीत साहिद कपुर पनि धेरै प्रेमिकाहरुबाट धोखा खाएकामध्येमा चिनिन्छन् । कहिले करिना कपुरसँगको सम्बन्ध त कहिले प्रियंका चोपडासँगको सम्बन्ध । करिनाले धोखा दिएपछि प्रियंकाको अगालोमा बाधिन पुगेका साहिदले विवाह भने मिरा राजपुत सँग गरेका थिए । प्रियंकासँगको सम्बन्ध पनि धेरै दिन नटिकेपछि साहिदले मिरासँग विवाह गरेका थिए । मिरा फिल्मी क्षेत्रसँग मतलब नराख्ने महिला हुन् ।

 

जोन अब्राहम

 

१० वर्षसम्म बिपासा बासुसँग रिलेशनसिपमा रहेका जोन अब्राहमको पनि ब्रेकअप भयो । जोनले आफ्नो धर्मपत्नी प्रिया रुचाललाई बनाए । उनी फिल्म ब्याग्राउण्डबाट होइनन् । फिल्म उद्योगदेखि उनको कुनै सम्बन्ध समेत रहेको छैन । हिमालचल प्रदेशमा बस्दै आइरहेकी प्रियाले अमेरिकाबाट आफ्नो अध्ययन सकेकी थिइन् ।

 

रविना टण्डन

 

कुनै समयकी चर्चीत नायिका रविना टण्डनले पनि नन फिल्मी व्यक्तिसँग विवाह गरिन् । अक्षय कुमारसँग तगडा अफयेर चलेपनि उनीहरुको ब्रेकअप भयो । अक्षयले अर्कैै अभिनेत्रीलाई मनपराउन थालेको थाहा पाएपछि रविनाले सम्बन्ध तोडेको बताइएको थियो । त्यसपछि रविनाले फिल्म डिस्ट्रीब्युटर अनिल थडानीसँग विवाह गरिन् ।

 

फरदिन खान

 

जानशीन फिल्मबाट आफ्नो फिल्मी करिअर सूरु गरेका फरदिन र अमृता अरोराबिच धेरै लामो समयसम्म अफयेर चल्यो । तर यो सम्बन्धले काम गरेन । फरदिन खानले पुरानो जमानाकी नायिका मुमताजकी छोरी नताशा माधवानीसँग विवाह गरे । नताशा फिल्मी संसारभन्दा पर छिन् ।

 

विवेक ओबरोय

 

ऐश्वर्य रायसँग अफयेर चलेपछि सलमान खानको धम्कीमाथि धम्की खाएका विवेकको चर्चा सोही विषयलाई लिएर आज पनि हुन्छ । तर ऐश्वर्याले अभिशेक बच्चनसँग लगनगाँठो कसिन् । विवेकले भने फिल्मी लाइनदेखि पर रहेकी सामजसेवी नन्दनी अलवाकी छोरी प्रिंयका अलवासँग विवाह गरे ।

 

करिस्मा कपुर

 

अभिशेक बच्चनसँग इन्गेजमेन्टसमेत गरेर सम्बन्ध टुटेपछि करिस्मा कपुरले फिल्मी लाइन देखि पर रहेका व्यापारी संजय कपुरसँग विवाह गरिन् । उनीलाई फिल्म देखि केही वास्था समेत रहेको थिएन । हाल यो जोडीको भने डिभोर्स भइसकेको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 2 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 2 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।