बेहुला पक्षले सस्तो लेहेंगा दिएपछि आक्रोशित बेहुलीले गरिन् बिहे गर्न अस्वीकार
- मंगलबार, २० मंसिर, २०७९
- 1 month ago
- विचित्र विश्व

एजेन्सी । विवाह भावना र नाटकले भरिएका हुन्छन् । विवाहमा पाहुनाको रूपमा जानुहोस् वा परिवारको सदस्यको रूपमा, कतै नाटकको कमी हुँदैन ।
कयौं पटक वैवाहिक जीवनमा झगडा यतिसम्म बढ्छ कि विवाह तोड्नेसम्मको निर्णयमा स्त्री र पुरुष पुग्ने गर्दछन् । यसका धेरै कारण हुन सक्छन् । यसैबीच, छिमेकी राष्ट्र भारतको उत्तराखण्डको हल्द्वानीमा विवाह टुटेको कारण सुनेर तपाई छक्क पर्नुहुनेछ । रिपोर्टका अनुसार एक युवतीले बेहुला पक्षले सस्तो लेहेंगा दिएका कारण विवाह गर्न अस्वीकार गरिन् ।
वास्तवमा हल्द्वानीको राजपुरा इलाकाकी युवतीको इन्गेजमेन्ट भइसकेको थियो तर दुलहाको परिवारले १० हजार रुपैयाँमा मात्रै लेहेंगा किनेको कुरा बेहुलीले थाहा पाएपछि उनी छक्क परिन् । यस्तो अवस्थामा बेहुली आक्रोशित भइन् र उनले बिहे गर्न सरासर इन्कार गरिन्, त्यसपछि यो कुरा प्रहरी चौकीमा पुग्यो तर यसपछि पनि कुनै फाइदा भएन र अन्ततः विवाह टुट्न पुग्यो ।
अल्मोडा निवासी बेहुलाको परिवारले दावी गरे कि उनले लखनऊबाट विशेष रूपमा १० हजार रुपैयाँमा लेहेंगा किनेका थिए । तर दुलहीका लागि यो निकै सस्तो थियो र उनलाई यो मन परेन । युवतीको बिहे स्वास्थ्य पेसामा कार्यरत रानीखेतका एक केटासँग तय भएको समाचारमा जनाइएको छ । दुवैले जुनमा इन्गेजमेन्ट गरेका थिए भने नोभेम्बर ५ मा हुने बिहेका लागि कार्ड बनाएर बाँडिएको थियो । तर बेहुला पक्षले दिएको लेहेंगा देखेर युवतीले बिहे गर्न अस्वीकार गरिन् ।
५ नोभेम्बरमा विवाहको सबै तयारी पूरा भएको थियो । स्थानीय रिपोर्टका अनुसार बेहुलाका बुबाले केटीलाई आफ्नो मनपर्ने लेहेंगा किन्नको लागि आफ्नो एटीएम कार्ड पनि दिए तर त्यो पनि व्यर्थ हुन पुग्यो । यसरी पूरै मामिला हल्दवानी कोतवालीसम्म पुग्यो, घण्टौंको चर्को झगडापछि कोतवाली प्रहरीको ध्यानाकर्षणमा ल्याइदिएपछि दुवै पक्षबीच शान्तिपूर्ण समाधान भयो । हल्द्वानीमा प्रहरीले दुवै पक्षको विवाह टुङ्ग्यायो र अन्त्यमा दुवै पक्षले छुट्टिएर बस्नु नै उचित ठाने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।