विवाहका लागि युवती नपाएको झोकमा यी युवाले यस्तो कदम उठाए

Global IME
Norvic Hospital

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् । 

 

जेङ जिया जिया, पेशाले आर्टिफिशियल इन्टिलिजेन्स एक्सपर्ट हुन् । उनले हाङजोउमा रोबटहरु बनाउने तथा डिजाइने गर्ने काम गर्छन् । सन् २०१६ को अन्त्यमा उनले एउटा फिमेल रोबट बनाएको कियाङजियाङ पत्रिकाले जनाएको थियो । यीङयीङ नाम दिइएको उक्त फिमेल रोबटले चाइनिज अक्षरहरु र तस्बिरहरु तथा केही साधाण शब्दहरु पहिचान गर्न सक्ने रिपोर्टमा उल्लेख छ । जङले एउटा साधारण कार्यक्रम आयोजना गरेर विवाह गरेका थिए । वैवाहिक कार्यक्रममा यीङयीङले कालो सुट लगाएकी थिइन् भने शिरमा रातो स्कार्फ पहिरिएकी थिइन् । जेङका माता तथा साथीहरु उक्त आश्चर्य लाग्दो विवाहमा उपस्थित रहेका थिए । 

 

जेङका एक साथीले पत्रिकालाई दिएको जानकारी अनुसार केटी नपाएर हत्तु बनेको जेङले अन्तत यस्तो निर्णय लिएको हो ।

 

जेङले आफ्नी रोवट श्रीमती अपग्रेड गर्ने योजनामा रहेका छन् । उनलाई हिड्न सक्ने तथा घरका कामहरु गर्ने समेत बनाउने योजनामा जेङ रहेका छन् । 

 

चिनियाँ बहुराष्ट्रिय टेलिकम्स कम्पनी हुवाइमा समेत काम गरिसकेका जेङले सन् २०१४ मा हाङजोङको ड्रिम टाउनमा काम सुरु गरेका थिए ।

 

चाइनिज एकेडमी अफ सोसियल साइसेन्सका अनुसन्धानकर्ता वाङ गुवाङजोका अनुसार सन् २०२० सम्म चीनमा ३५ देखि ३९ वर्षसम्मका अविवाहित पुरुषको सख्या १५ मिलियन पुग्नेछ । 

 

एक अध्ययनले चेतावनी दिदै भनेको छ,‘ सन् २०५० सम्ममा यो संख्या ३० मिलियन पुग्नेछ ।

 

नेशनल बिउरोका अनुसार सन् २०१६ को अन्त्यसम्ममा ७०८ मिलियन पुरुषहरुको जनसंख्या रहेको छ । महिलाहरुको जनसंख्या ६७५ मिलियन रहेको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज चैते दशैँ पर्व मनाइँदै

  • 55 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

  • 1 hour ago
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।