मतगणना रातिदेखि शुरु हुने

Global IME
Norvic Hospital

कास्की । कास्की क्षेत्र नं २ मा आज प्रतिनिधिसभा सदस्य पदको निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ । 

 

कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । 

 

मतदान सम्पन्न भइसकेपछि मतपेटिका मतगणनास्थलमा ल्याउने काम शुरु भइसकेको छ । शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि आज राति १० बजेदेखि मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उले बताए । 

 

मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ । उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ । 

 

दलको तर्फबाट उम्मेदवार बनेकाका दुईजना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधि मात्र गणनास्थलमा रहन पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 12 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।