काँग्रेसको बैठकमा गर्जिए राहुल, लगाए यी तीन वरिष्ठ नेतामाथि यस्तो आरोप

Global IME
Norvic Hospital

एजेन्सी । लोकसभा चुनाव २०१९ मा लज्जास्पद हार भोगेपछि भारतीय काँग्रेस पार्टी हार्नुका कारणहरु खोज्ने र केलाउने काम गरिरहेको छ । शनिबार भएको काँग्रेस मिटिङमा पार्टी अध्यक्ष राहुल गान्धी आक्रोशित देखिए । 

 

उनले पार्टीका केही शिर्ष नेताहरुका कारण पार्टी बदनाम भएको बताए । उनले आफ्नै पार्टीका वरिष्ठ नेताले गरेको केही हर्कतका कारण पार्टी पछाडि परेको बताए । उनले भनेका छन्,‘पार्टीका वरिष्ठ नेताले आफ्नो पुत्र मोहका लागि पार्टीको शाख गिराएका छन् । 

उनीहरुले पार्टीलाईभन्दा पनि छोरालाई जिताउन मेहनत गरे । आफ्नो छोरा मोहका कारण पार्टीले सोचेजस्तो काम गर्न सकेन ।’

 

उनले पार्टीका तीन वरिष्ठ नेतालाई नाम नै नलिई तिखो शब्दमा व्यंग गरे । उनले वरिष्ठ नेताले आफ्नो छोरालाई टिकट दिलाउन धेरै मेहनत गरेको आरोप लगाए । 

 

राहुलले यो कुरा ज्योतिराजदित्य सिंधियाले टिप्पणी गरेको कुरालाई अगाडि सार्दै भनेका थिए । सिधिंयाले पार्टीले स्थानिय नेताहरु तयार पार्नु पर्ने बताएका थिए ।

 

 राहुलले भनेका छन्,‘काँग्रेस ती स्थानमा परातिज भएको छ जहाँ काँग्रेसको सरकार छ ।’काँग्रेसले मध्ये प्रदेश सिएम कमलनाथ, राजस्थानका सिएम अशोक गहलोत र पुर्व केन्द्रिय मन्त्री पी. चिदबरम लगायत केही नेताले आफ्नै छोरालाई टिकट दिने काम गरेका थिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 33 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।