के हुँदैछ मेलम्ची खानेपानीमा
- शुक्रबार, २५ पुष, २०७६
- 3 years ago
- नेपाल

काठमाडौँ । मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यहाँ रहेका प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिना मात्रै सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ । उनले भने, “वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ ।”
आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्कामार्फत काम अघि बढाएको थियो । सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 10 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 35 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 43 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।