नेपाली पुरोहितहरुले खोले सुहाउंदो वर वधु मिलाइदिने संस्था 'मेरो स्वयम्वर’
- आइतबार, ९ मंसिर, २०७५
- 4 years ago
- युके
- अष्ट्रेलिया

लण्डन । विश्वभर छरिएर रहेका नेपाली गुरू पुरोहितहरूको संस्था ‘गुरु मन्जरी’ को प्रयासमा जीवनको महत्वपूर्ण विषयका रूपमा रहेको सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा विभिन्न धार्मिक अनुष्ठानका लागि ‘मेरो स्वयम्वर’ नामक संस्था स्थापना गरिएको छ।
संसारभर छरिएका नेपाली समाज र हिन्दुत्वको परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन अष्ट्रेलियामा ‘गुरू मन्जरी’ स्थापना भएको संयोजक पण्डित प्रकाश ढोडारीले बताए।
विशेषगरी विदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभूषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले अभियान थाल्ने संयोजक ढोडारीले बताए।
‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो। यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ। यसैले पनि उपयुक्त वर बधुलाई ‘मेरो स्वयम्वर’ मार्फत मिलन गराउने प्रयास हामीले थालनी गरेका हौ’, संयोजक ढोडारीले भने,‘विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरवधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दुको स्थापना गरेका हौ।’
अष्ट्रेलियासँगै बेलायत, नेपाल, अमेरिका, क्यानडा र जापानमा संस्थाका बिधिवत् कार्यालयहरू रहनेछन्। यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रकृयाभित्र रहेर मेरो स्वयम्वरलाई अगाडि बढाउनेछन्।
यो संस्थाको उद्देस्यबारे प्रष्ट पार्दै ढोडारीले अगाडि भने, ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लाउने पटक्कै होइन, मेरो स्वयंम्बरले बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो।’
संस्थाको बिशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेवारी दिइएको उनले बताए।
विवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि प्रकाश पण्डितको संयोजकत्वमा एउटा टिम रहेका छ भने ज्योतिषी परामर्शका लागि पण्डित राज भेटवाल र वास्तुसम्वन्धी विषयमा श्रद्धा बिष्टको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरू रहने छन्।
जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित रमनराज शास्त्री, वासिङ्गटनमा पण्डित राजेन्द्र खनाल, टेक्ससबाट पण्डित भवानीशंकर शास्त्री छन्।
यस्तै नेपालबाट धार्मिक अभियन्ता मुकुन्द शर्मा, बेलायतबाट पण्डित दुर्गाप्रसाद पोख्रेल, क्यानडाबाट पण्डित धर्मदाश शास्त्री र जापानबाट पण्डित भगीरथ सापकोटा रहेका छन्।
मेरो स्वयम्वरको सिड्नीमा नेपाल महोत्सवको क्रममा गत शनिवार भव्य रुपमा शुभारम्भ भएको छ । संस्थाको कार्यक्रम भने २०१९ को जनवरी एकदेखि शुभारम्भ हुने बेलायतमा कार्यरत पण्डित दुर्गाप्रसाद पोख्रेलले जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 49 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 57 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 1 hour ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।