मिडल्याण्डमा एनआरएन जमघट, जित्ने र हार्ने एकैठाउँ

  • मंगलबार, २९ पुष, २०७६
  • 6 months ago
  • युके

(तस्विर : शिव भण्डारी )

 

लण्डन । गत सेप्टेम्बरमा सम्पन्न एनआरएनए यूकेको निर्वाचनका क्रममा धेरैको चासो र चर्चा कमाएको मिडल्याण्डमा निर्वाचनपछि पहिलोपटक सोमबार फेरि एकपटक एनआरएनएको माहोल देखियो । 

 

निर्वाचनमा सहयोग गर्ने र सहभागी हुनेहरुलाई धन्यवाद दिन भन्दै आयोजना गरिएको कार्यक्रममा निर्वाचन जित्ने र हार्ने दुवै समुहका उम्मेदवारहरु पनि पुगे ।

 

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले एनआरएन अभियानमा मिडल्याण्डको सक्रिय उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे । 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले वर्तमान कार्यसमितिले आम मतदाताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्ने कोशिस गरिरहेको बताए । संस्थाबारे पूर्वाग्रही रुपमा नकारात्मक सोंच मात्रै नराख्न र सुधारका कोशिसहरुलाई साथ दिन भट्टराईले आग्रह गरे । 

 

उपाध्यक्ष नारायण कँडेलले गत निर्वाचनमा मिडल्याण्डले बुद्धिमतापुर्ण भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए । 

 

एनआरएन यूके अध्यक्षमा पराजित उम्मेदवार शेरबहादुर सुनारले आफुलाई मत दिने सबैलाई धन्यवाद दिंदै सबैको साथ, सहयोग रहे फेरि पनि निर्वाचनमा गएर संस्थाको जिम्मेवारी लिन पछि नहट्ने बताए । 

 

 

एनआरएनए आइसिसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षका पराजित उम्मेदवार पशुपति पोखरेल, सहकोषाध्यक्षमा पराजित विष्णु चालिसे लगायतले सामाजिक संस्थामा निर्वाचनको हारजीत गौण विषय रहने भन्दै एनआरएन अभियानमा मिडल्याण्डले जनाएको सशक्त भुमिकालाई आगामी दिनमा थप बलियो बनाउँदै जाने प्रतिबद्धता गरे । 

 

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्डले कुनै पात्र वा समुह विशेषलाई मात्र नभएर सिंगो एनआरएन अभियानलाई प्रवर्द्धन गर्दै जाने बताए । 

 

कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष सुनिलबाबु खड्का, आइसिसी मानार्थ परिषद सदस्यहरु विनोद ज्ञवाली, रण केसी र चिरन शर्मा, आइसिसीका  सदस्य ललितकुमार न्यौपाने र पूर्व सल्लाहकार सुरेन्द्र नेपाल श्रेष्ठसहित एनआरएनए यूके र इंग्ल्याण्ड राज्य परिषदका पदाधिकारी, मिडल्याण्डस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायतको पनि सहभागिता थियो । 

 

 

कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका कलाकारत्रय सिर्जु अधिकारी, खेम पौडेल र सन्ध्या बुढा ( काउली बुढी) ले मनोरञ्जनात्मक लोकदोहोरी र प्रहसन प्रस्तुत गरेका थिए । 

 

कार्यक्रमको पहिलो चरण एनआरएनए इंग्ल्याण्ड राज्य परिषद सचिव गोविन्द खरेल तथा दोस्रो चरण गजलकार गीतकार नृपेश उप्रेतले सञ्चालन गरेका थिए ।

 

 

 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।