दुधमा यी कुराहरु मिसाई खाँदा यस्ता फाइदाहरु मिल्ने
- सोमबार, २७ पुष, २०७७
- 2 weeks ago
- जीवनशैली

काठमाडौं । स्वास्थ्यका लागि दुध लाभकारी छ । दुधमा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ । सादा दुधलेनै शरीरलाई कतिपय रोगबाट टाढा राख्छ, भने यसमा यी खानेकुरा मिलाएर खाइयो भने झन राम्रो हुन्छ ।
– सुकुमेल
दुधमा सुकुमेल मिसाएर खाँदा स्मरणशक्ति बढ्छ । त्यसका लागि हरेक दिन एक गिलास मनतातो दुधमा एक चिम्टी सुकुमेलको धुलो मिसाएर खानुपर्छ । पढ्ने बच्चालाई सुकुमेल मिसाएको दुध दिँदा राम्रो हुन्छ ।
– मरिच
घाँटीको समस्या भएकाले एक गिलास मनतातो दुधमा एक चिम्टी मरिचको धुलो मिसाएर खानुपर्छ । मरिचले वजन कम गर्न पनि मद्दत गर्छ ।
– खजुर
कमजोरी महसुस भइरहेको छ भने दुधमा खजुर हालेर खानुपर्छ । खजुरमा हुने खनिज पदार्थ, भिटामिन्सले शरीरलाई तागत दिन्छन् । दुध उमाल्दा त्यसमा खजुर हाल्ने र दुधसँग खाने ।
– बदाम
कब्जियतको समस्या भएकाले राति सुत्नुअघि एक गिलास मनतातो दुधमा बदामको तेल हालेर खानुपर्छ । यसो गर्दा कब्जियतको समस्या हट्छ । शरीरमा उर्जाको कमी हुँदा बदामको पेस्ट बनाएर एक चम्चा दुधमा मिसाएर खानुपर्छ ।
– मह
व्यस्त दिनचार्यका कारण धेरै मानिस (विशेषगरी महिला) धेरै तनावमा हुन्छन् । अफिस सँगसँगै घरपरिवारको जिम्मेवारी उनीहरुमाथि हुन्छ । त्यसैले तनाव हटाउन महिलाले एक गिलास मनतातो दुधमा एक चम्चा मह मिसाएर खानुपर्छ । यसो गर्दा तनाव कम हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- 1 hour ago

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 2 hours ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 2 hours ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।