मिस वर्ल्डमा भाग लिन बुधबार बेलायत आउँदै मिस नेपाल

सहयोगको लागि बेलायतबासी नेपालीमा अनुरोध

  • मंगलबार, ३ मंसिर, २०७६
  • 8 months ago
  • युके
मिस नेपाल अुनष्का श्रेष्ठ

 

लन्डन ।  मिस वर्ल्ड प्रतियोगितामा  भाग लिन मिस नेपाल अुनष्का श्रेष्ठ बुधबार बेलायत आउने कार्यक्रम तय भएको छ ।

 

 

 यसपटक मिस वर्ल्ड प्रतियोगिता आउंदो   डिसेम्बर १४ मा बेलायतमा आयोजना हुँदैछ ।  

 

 

मिस वर्ल्ड प्रतिस्पर्धामा सहभागी हुन बेलायत जानुअघि   अनुष्काले यसपटक मिस वर्ल्डको ताज पहिरिने गरी तयारी गरेकी छन्    ।

 

 

विश्वभरका  नेपालीको साथ र हौसलाले  उत्साहित अनुष्कालाई मिस वर्ल्डमा जिताउन  सबै नेपालीले  आ-आफनो ठाउँबाट सक्दा सहयोग गर्ने आशा छ । 

 

 

मिस वर्ल्ड  प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जित्नको लागि उनलाई ‘अनलाइन लाईक’ को आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउनलोड गर्नुपर्नेछ । एप्स डाउनलोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ ।

 

 

जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गर्न  समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।

 

 

नेपालको तर्फबाट मिस वर्ल्डमा  प्रतिस्पर्धा गर्न लागेकी अनुष्कालाई विदेशी  मिडियाहरुले  टप १० भित्र राखेका छन्     । 

 

 

त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वर्ल्ड डको मल्टीमिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वर्ल्ड प्रतिस्पर्धामा विश्वका  करिब  १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 2 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 2 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।