राष्ट्रपति कार्यालय लक्षित क्षेप्यास्त्र प्रहार

काबुल । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयलाई लक्षित गरी मङ्गलबार तालिबान लडाकू समूहले दुईवटा रकेट प्रहार गरेको छ । प्रहरीका अनुसार, अफगान राष्ट्रपतिले मुस्लिम समुदायको महान चाड इद अल–अधाका अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सम्बोधन गरिरहेको अवस्थामा रकेट प्रहार भएको हो । 

 

उक्त रकेट प्रहारसँगै क्षेप्यास्त्र जडित हेलिकप्टरबाट सम्भावित स्थानमा प्रत्याक्रमण गरिएको प्रहरीले जनाएको छ । 

 

तालिबानले प्रहार गरेको पहिलो रकेट राष्ट्रपति कार्यालय नजिकै झरेको थियो भने दोस्रो रकेट नेटो र अमेरिकी दूतावास नजिकै झरेको थियो तर दुबै आक्रमणबाट कोही पनि हताहत भएका छैनन्, प्रहरी अधिकारी जान आघाले बताए । 

 

राष्ट्रपति अशरफ घानीको सम्बोधन चलिरहेको समयमा टेलिभिजन च्यानलमा रकेट बिस्फोटको ठूलो आवाज सुनिएको थियो । बिस्फोटको आवाज सुन्नुभएका राष्ट्रपति घानीले सम्बोधनकै क्रममा भने, “रकेट आक्रमणबाट अफगानीलाई कमजोर तुल्याउने उनीहरुको सोचाई हो भने उनीहरु गलत छन् ।” 

 

रकेट आक्रमण गरिएको राजधानी काबुलको यो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । यही क्षेत्रमा राजदूतावासहरु र उच्च सरकारी कार्यालयहरु रहेका छन् र त्यसलाई अग्ला, बलिया पर्खाल एवं काँडेतारले घेरिएको छ । अमेरिकी राजदूतावासका साथै संवेदनशील सरकारी र सैनिक इलाका नजिकका धेरैवटा सडक बन्द गरिएका छन् । 

 

काबुल प्रहरीका प्रवक्ता हस्मत स्टानिक्जाईले मङ्गलबार बिहान पनि एउटा शंकास्पद सवारी साधन देखिएको बताउनुभयो । उक्त सवारी साधन इद गाह मस्जिद नजिकको माटोले निर्माण गरिएको घरतर्फ गएको थियो । त्यही घरको एक छेउबाट रकेट आक्रमण भएको पाइएको छ, उनले बताए । 

 

बन्दुकजडित हेलिकप्टरले त्यही क्षेत्रमा प्रत्याक्रमण गरेको, तथा घर र सवारी साधन ध्वस्त पारिएको छ, प्रहरीले जनाएको छ । 

 

प्रत्यक्षदर्शीहरुले बिस्फोट लगत्तै त्यही क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताए । 

 

गृह मन्त्रालयका प्रवक्ता नजिब डानिसले आक्रमणकारीहरु मारिएको बताए । अफगान सैनिकफौजका दुई जना घाइते भएका छन् । तालिबानले भने यस आक्रमणका बारेमा केही बताएको छैन । 

 

अफगान राष्ट्रपति घानीले मुस्लिमहरुको महान चाडका अवसरमा तीन महिने एकतर्फी युद्धविरामको घोषणा गरेका छन् । तर अफगानिस्तानमा सक्रिय लडाकू समूहहरु तालिबान र आइएसका तर्फबाट आक्रमण र अपहरणका सिलसिला रोकिएका छैनन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजको मौसमः हल्का वर्षाको सम्भावना

  • 9 minutes ago
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 52 minutes ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 1 hour ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।