मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु
- बुधबार, २२ आषाढ, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।
पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगीताको अहिले दोस्रो संकरण आयोजना हुन लागेको हो। १६देखी २१ बर्षसम्मका यूवा युवतीले भाल लिन पाउने प्रतियोगीता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो।
एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजमा रु २० लाख रुपैयाँसम्मको छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन्।
त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचास प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन्।
प्रतियोगीताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी,अभिनेता सलोन बस्नेत, सलिन मान बानियाँ, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्य लगायतका रहेका छन्। निर्णायकले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगीताका विजेता छनौट बताइएको छ। अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ।
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ युवा युवतीको विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा आफुले गरेको आयोजक फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाईरेक्टर साहील खानले बताए।
प्रतियोगीताका यस अगाडिका विजेताले भने ब्राजिलको साउ पाउलोमा आयोजना भएको ‘मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्ड’ मा सहभागिता जनाएका थिए। जसमा ‘मिस्टर टिन वल्र्ड नेपाल’ विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए, भने ‘मिस टिन वल्र्ड’ नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माईल तथा बेष्ट नेसनल कस्ट्युम टाईटल नेपाल भित्र्याएकी थिइन्।
कार्यक्रममा प्रतियोगीताको निर्णायक समेत रहेकी पुर्व मिस नेपाल सौदर्य प्रतियोगीताले ब्यक्तित्व बिकाश मात्र गर्ने नभएर अवसरको समेत श्रृजना गर्ने बताइन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 1 hour ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 1 hour ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
- 1 hour ago

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।