अनेरास्ववियूको मोबाइल एप लन्च

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका हुन्। 

 

अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो। मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामाग्री, गतिबिधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ।

 

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेको अनेरास्ववियूका उप–महासचिव अशोक थापाले जानकारी दिए। डिलिटल जमानामा संगठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिनमात्र नभएको र अब विस्तारै हातहातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचीत कदम भएको उनको तर्क थियो।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री

  • 8 minutes ago
समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् ।

नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

  • 25 minutes ago
नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा

काठमाडौँ। नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो। भ्रष्टाचार सम्बन्धी विश्वव

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

  • 29 minutes ago
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक सङ्कट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।