मोबाइल हरायो प्रहरीमा उजुरी गर्नुहोस्

भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको भनी निवेदन दिए । 

 

प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको भिभो भि नाइन मोबाइल सेट स्थानीय निष्ट स्कुल नजिक हरायो । उनले पनि गत माघ ३ गते मोबाइल सेट हराएको निवेदन थिमि वृत्तमा दिनुभयो । प्रहरीले अनुसन्धानका क्रममा सो मोबाइल सेट १० दिनपछि लोकन्थलीबाटै फेला पारी भट्टलाई गत माघ १४ गते बुझायो । 

 

त्यसैगरी मध्यपुर थिमि राधेराधे बस्ने मोहनकृष्ण खनालको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट गत पुस २० गते मध्यपुर अस्पताल हाताबाटै हरायो । सो मोबाइल प्रहरीले २० दिनपछि काठमाडौँंको नयाँ बानेश्वरमा फेला पारी गत माघ ११ गते खनाललाई बुझायो । 

 

महानगरीय प्रहरी वृत्त थिमिले चालु आर्थिक वर्ष २०७५/७६ मा मात्र ३५ वटा हराएका मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । वृत्तका अनुसार हप्तामा दुई/चार वटा मोबाइल हराएका निवेदन आउने गरेको छ । 

 

हराएकामध्ये महीनामा पाँच÷/सातवटा मोबाइल फेला पर्ने गरेको छ । प्रहरीले हराएको मोबाइलका सम्बन्धमा निवेदन लिनका लागि मोबाइल सेटको प्रकार र मोबाइल सेटमा हुने आइओएमआई नम्बरसहितको विवरण उल्लेख भएको निवेदनको ढाँचा नै तयार गरी लागू गरेको छ । 

 

पीडितले सो निवेदन भरेर दिएपछि निवेदनलाई प्रहरीको अपराध महाशाखा टेकुमा अनुसन्धान र खोजतलासको लागि पठाउने गरिएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए । 

 

उनका अनुसार मोबाइलको खोजी र अनुसन्धान गर्न नेपाल प्रहरीले हाललाई अपराध महाशाखामा मात्र युनिट खोलेको छ । मोबाइल सेवा प्रदायक टेलिकम कम्पनीसँग पनि सहकार्य र समन्वय गर्नुपर्ने र मोबाइल खोजीको प्रविधिका कारण पनि हाललाई महाशाखामार्फत मोबाइलको खोजी तथा अनुसन्धान गर्ने गरिएको उनले बताए । 

 

मोबाइल हराएको निवेदनका आधारमा खोज तथा अनुसन्धान गर्ने र फेला परेपछि कुन प्रकृतिबाट हराएको सो अनुसार कारवाही अघि बढाउने गरेको प्रनाउ केसीले बताए । “मोबाइल धनीले हराएको भनी निवेदन दिएको छ भने फेला परेपछि मोबाइल धनीलाई बोलाएर हस्तान्तरण गर्छौं । 

 

चोरी भएको निवेदन हो भने चोरी मुद्दा दायर गरी कारबाही अघि बढाउने गरेका छौँ,” उहाँले भने,“वृत्तका अनुसार हाल छ वटा मोबाइल चोरीका मुद्दा दायर भएर अदालतमा विचाराधीन रहेको छ । 

 

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले परिसर र परिसर मातहतका जिल्लाका दुई प्रहरी वृत्तमा गरी सरदर दैनिक एक मोबाइल हराएका निवेदन पर्ने गरेको जानकारी दिए । त्यसमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फेला पर्ने गरेको उनले बताए । 

 

मोवाइल हराएका घटना हेर्दा सामान्य देखिए पनि प्रहरीले त्यस्ता निवेदनको निरन्तर छानबिन र खोजी कार्य जारी राख्ने गरेको प्रनाउ पोखरेलले बताए । “हेर्दा सामान्य देखिएपनि मोबाइल हराएको निवेदनमा प्रहरीले निरन्तर खोजी जारी राख्ने गरेको छ । त्यसैको परिणाम मोबाइल हराएको छ महीनापछि पनि फेला परेका उदाहरण छन्,” उनले भने ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

  • 9 minutes ago
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नु भएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन

राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

  • 15 minutes ago
राहुल गान्धीले मोदी सरकारमाथि लगाए यस्तो आरोप

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्

‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

  • 24 minutes ago
‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’

बर्दिया । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसकेका छन् । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार सङ्घसंस्थामा पेश ग



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।