ब्लुटुथ अन हुँदा हुनसक्छन् यस्तो खतरा
- शनिबार, २८ भदौ, २०७६
- 3 years ago
- प्रबिधि

एजेन्सी । सेक्युरिटी कम्पनी आर्मिसका अनुसन्धानकर्ताहरुको समूहले ब्लूटुथसँग सम्बन्धित डिभाइसमाथि आक्रमण गर्न सक्ने मेलवेयर पत्ता लगाएका थिए। यसले स्मार्टफोनमा मात्र नभई स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर र कारमा पनि आक्रमण गर्न सक्ने उनीहरुले दाबी गरेका थिए ।
आर्मिसका अनुसार, ब्लूटुथ डिभाइससँग सम्बन्धित यस्ता अन्य मैलवेयरहरु पनि रहेका छन् जसको पहिचान गर्न अझै बाँकी नै रहेको छ ।
यस्ता मेलवेयरको हमला धेरै नै गम्भीर हुन सक्छ । यसले बग ब्लूटुथको फाइदा उठाएर आक्रमण गर्ने गर्दछन् । ब्लुबर्न पनि यही श्रेणीमा आउने गर्दछ । यसका माध्यमबाट ह्याकरले तपाईको डिभाइसमा भाइरस पठाएर मोबाइलको डाटा चोर्ने गर्दछन् । ब्लूबर्न प्रयोग गर्नलाई प्रयोगकर्ताको सहमतिको आवश्यकता पनि हुदैन र त्यसले कहीँ क्लिक गर्नका लागि पनि भन्दैन । केबल १० सेकेन्डमा नै यसले कुनै एक्टिभ ब्लूटुथ डिभाइसलाई नियन्त्रित गर्न सक्छ ।
आर्मिसले एउटा यस्तो एप्लिकेशन बनाएको छ जसले तपाईको डिभाइस सुररिक्षत छ कि छैन भन्ने पत्ता लगाउने गर्दछ । जसको नाम रहेको छ ‘ब्लूबर्न भल्नेरबिलिटी स्क्यानर’ । यो एप गुगलको अनलाइन स्टोरमा उपलब्ध रहेको छ ।
यो अर्को खतरनाक मेलवेयर रहेको छ । यसले ब्लूटुथुँग जोडिएका कयौँ डिभाइसलाई एकसाथ म्यासेज पठाउन सक्नेछ । यसले पर्सनल इलेक्टेनिक कार्डका माध्यमबाट म्यासेज पठाउने गर्दछ । जुन कन्ट्याक नम्बरका रुपमा रहेको हुन्छ । साथै यसले ब्लूटुथ डिभाइसको नामले पनि म्यासेज पठाउने गर्दछ ।
यो ब्लूज्याकिंग भन्दा खतरनाक हुन्छ । यसका माध्यमबाट सुचनाहरुको चोरी हुने गर्दछ । यसको प्रयोग मुख्य रुपमा फोनबुक र डाटा चोर्नका लागि गर्ने गरिन्छ । जसबाट निजी म्यासेज र फोटो पनि चोर्न सकिन्छ । तर यसका लागि ह्याकर र प्रयोगकर्ताबीचको दुरी १० मीटर हुन जरुरी छ ।
माइक्रोसफ्ट, गुगल र लिनक्सले ब्लूबर्नबाट प्रयोगकर्ताहरुलाई बचाउनका लागि प्याच रिलिज गरेको छ । जसलाई इंस्टल गर्नुपर्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 1 hour ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 1 hour ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 1 hour ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।