के मोदीले चाहेको बर्बादी हो ?

Global IME
Mega Bank
Norvic Hospital

भारत र पाकिस्तानबीच जारी तनावका बीच बुधबार पाकिस्तानले भारतका दुई लडाकु विमान खसालिदियो भने एक जना पाइलट पक्राउ गर्न समेत सफल भयो । फाइटर पाइलट पक्राउ गरेको दाबी गरेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई कडा जबाफ पनि दिएका छन् । पाकिस्तानको यो दाबीलाई भारतले मिग २१ लडाकु विमान खसालिएको र पाइलट हराइरहेको स्वीकारेको छ । 

 

प्रधानमन्त्री इमरान खानले भनेका छन्,‘यो जबाफ पाकिस्तानी सेनाले दबाबमा आएर दिनु परेको हो ।’

 

उनले भनेका छन्,‘भारत र पाकिस्तानसँग जुन खाले हतियार रहेका छन् ती हतियारले युद्धमा होमिने हो भने विनाशमात्र देख्नुपर्नेछ ।’

 

उनले थप्दै भने,‘मेरा पाकिस्तानीहरु...हिजो जुन हालत बनेको थियो त्यसबारे मलाई केही भन्नु थियो । पुलवामा भएको घटनापछि मैले भारत सरकारलाई सहयोग गर्ने अफर गरेको थियो । मलाई थाहा छ यो घटनापछि पीडित परिवारमा कस्तो अवस्था रहेको छ । यसकारण हामीले सिधासिधा अफर दिएका थियौँ । हामीले यसकारण भनेका थियौँ कि हाम्रो माटोमा कुनै पनि देश तथा आतंकवादीले दुष्कर्मका लागि प्रयोग नगरोस् ।’

 

‘हामीमाथि दबाब थियो । हामीले जबाफ दिनु अति आवश्यक थियो । कुनै पनि सार्वभौम देश चुप लागेर बस्न सक्दैन । हामी चुप लागेर बसेर आफुलाई अपराधी बनाउन सक्दैनौँ । हामीले बुधबार जबाफ दिएर भनेका थियौँ तपाई हाम्रो भुमिमा आउन सक्नुहुन्छ भने हामी पनि तपाईको भुमिमा जान सक्छौँ ।’

 

‘हामीले भारतलाई अफर दिएकै हो । निश्पक्ष छानविन गरौँ । पीडित परिवारलाई न्याय दिनु दुवै देशको जिम्मेवारी हो । आतंकवादविरुद्ध पाकिस्तान पनि लडिरहेको छ । भारतलाई यस मुद्धामा मिलेर अगाडि बढौँ र जाँच गरौँ भनेकै हो । तर पाकिस्तानको माटोमा कोही बदनियतका साथ घुस्छ र देशको सार्वभौममाथि धावा बोल्छ भने पाकिस्तान चुप लागेर बस्दैन । भारत हामीलाई प्रमाण दिओस्,कारबाही गर्ने पाकिस्तानको हुनेछ । तर, अब तपाई एक्शन लिन चाहनुहुन्छ भने जबाफी कारबाही हामीले पनि गर्नु पर्छ ।’ 

 

‘भारत चुनावको तयारीमा रहेको छ । हामीलाई लागेको थियो यो अवस्थामा भारतले संयमताले काम गर्नेछ  । तर, उनीहरुले गरेको कदमप्रति हामीले जबाफ दिन केही दिन कुर्यौ । हामीले संयमता अपनायौँ र जबाफ दियौँ कति नोक्सान भयो त्यसको हिसाब हामीले गरेका छैनौँ ।’

 

उनले भने,‘पाकिस्तानलाई कारबाहीको जबाफ दिन भारतका दुई मिग पाकिस्तानी सिमामा घुसे । ती विमानलाई हामीले खसालिदियौा । पाइलट हाम्रो नियन्त्रणमा रहेका छन् । हामी पाकिस्तानलाई आग्रह गर्छौ अलिकति भने पनि विवेकको प्रयोग गर ।’ 

 

उनले भने,‘विश्वमा युद्ध भएका छन् । कसैले यो सोचेनन् कि यो युद्धले कहाँ पुर्याउँछ । पहिलो विश्व युद्ध छ महिनामा सकिने अनुमान गरिएको थियो तर ६ वर्षसम्म चलेको थियो ।’

 

इमरान खानले भनेका छन्,‘दोस्रो विश्वयुद्धमा हिटलरले रुसमाथि अवस्य जित हात पार्नेछु । तर, उनले सोचेनन् कि रुसको सर्दीले उनको विनाशको कारण बन्नेछन् । वार अन टेररमा १७ वर्ष लाग्यो । अमेरिकालाई लागेको थिएन कि यति धेरै वर्ष लाग्नेछ । भियतनाममा भएको आक्रणममा पनि अमेरिकाको अनुमान फृेल हुन पुगेको थियो । युद्धलाई लिएर गरिने अनुमान गलत हुन्छन् ।’

 

उनले भनेका छन्,‘युद्धले कता लैजान्छ यसले दुई देशलाई कति सम्म हानी गर्छ । यो युद्ध सुरु भएमा न मेरो नियन्त्रणमा हुनेछ न नरेन्द्र मोदीको नै । त्यसले निम्त्याउने दुखलाई दुई देशले अनुमान लगाउन सक्नुपर्छ । बातचितबाट मात्रै समस्या समाधान हुन्छ । हामी वार्ताका लागि तयार रहेका छौँ । मोदी विनाशका लागि तयार रहेका छन् भने हामीलाई भन्नु केही छैनन् ।’

बिबिसी हिन्दीबाट अनुवादित

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 4 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 4 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 4 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।