पाकिस्तानलाई पन्छाउने सुरमा प्रधानमन्त्री मोदी ?
- मंगलबार, १४ जेष्ठ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबार हुन गइरहेको शपथ ग्रहण समारोहमा बिस्मटेक देशका नेताहरुलाई आमन्त्रण गरेका छन् ।
सन् २०१४ मा उनले पदको शपथ ग्रहण गर्दा पनि दक्षिण एसियाई क्षेत्रिय संघका देशका नेताहरुलाई आमन्त्रण गरेका थिए ।
जसमा पाकिस्तान पनि सामेल रहेको थियो । यसपटक भने बिम्सटेक नेताहरुलाई निमन्त्रणा गएको छ । यो संगठनमा पाकिस्तान सदस्य छैन ।
मिडिया रिपोर्टका अनुसार पाकिस्तानलाई निम्ता दिने पक्षमा बिजेपी सरकार रहेको छैन । यसबारे बिजेपी सरकारले आधिकारीक धारणा पनि ल्याएको छैन ।
चुनावमा पाकिस्तानविरुद्ध नारा लगाएको बिजेपीले शपथ ग्रहणमा पाकिस्तानलाई नबोलाउने कुरामा राजनीतिक विश्लेषकहरु प्रष्ट रहेका छन् ।
जनतालाई सन्तोना दिन पनि पाकिस्तानलाई पन्छाउन खोजिएको बताइएको छ । पुलवामा घटना पछि पाकिस्तान र भारतको सम्बन्ध बिग्रिएको थियो ।
पाकिस्तानले उक्त घटनामा आफ्नो स्पष्टिकरण दिइसक्दा पनि भारतले पाकिस्तानमाथि नै दोष लगाउँदै आइरहेको छ । पाकिस्तानमाथि भएको सर्जिकल स्ट्राइकबारे पनि दुवै देशको आफ्ना आफ्नै टिप्पणी रहेका छन् जुन आज पनि उत्तिकै विवादित रहेका छन् ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 2 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 20 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 43 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।