कृषकमुखी आर्थिक एवं मौद्रिक नीति ल्याउन सांसदहरूकाे माग
- नेपालीपत्र
- मंगलबार, १४ साउन, २०७६
- 3 years ago
- राजनीति
- अर्थ

काठमाडौँ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए । सांसद तेजुलाल चौधरीले कृषि कर्जाको अनुगमन हुन नसकेको बताए ।
कृषि विकास बैंकले किसानलाई नभई माथिल्लो तहका कर्मचारीका नातागोतालाई मात्र ऋण दिने गरेको उदाहरण उनले पेश गरे । यस्ता काम ८० प्रतिशत विचौलियामार्फत हुने गरेको तथ्याङ्क पनि सांसद चौधरीले प्रस्तुत गरे ।
सांसद विरोध खतिवडाले ऋण लिएको ४० दिनमै फिर्ता गर भनेर पत्र पठाउने बैंकलाई राष्ट्र बैंकले के कारवाही गरेको छ भनी प्रश्न गरे । सांसद हृदयेश त्रिपाठीले धेरै निजी बैंकका प्रमुख कार्यकारी अधिकृत कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाट बैंङ्किङ कसुरमा बाहिरिएका भएकाले अध्ययन गर्न माग गरे ।
राष्ट्र बैंकको कमजोर अनुगमनले गलत मानिसले नेतृत्व सम्हाल्दा साठगाँठमा नराम्रा काम भइरहेकामा सरकारी निकायको ध्यान जानुपर्ने उनले बताए । सांसद राजेन्द्रकुमार केसीले वाणिज्य बैंकका कर्मचारीको तलब कति हुने भन्ने के मापदण्ड छ भनी जिज्ञासा राखे । सांसद लेखराज भट्टले अर्थ मन्त्रालय र राष्ट्र बैंकले लिने नीति किसानमुखी हुनुपर्ने बताए ।
आठ प्रतिशतमा ऋण दिएको एक महीनापछि १४ प्रतिशत ब्याजदर पुग्यो भनी बैंकले उपभोक्ता ठगी गर्ने गरेको उनले सुनाए । सांसद अमनलाल मोदीले जनता दुब्लाउने बैंक मोटाउने भइरहेकामा अनुगमन तीव्र गरी गलत गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
सांसद प्रेम आलेले भारत यात्रामा जाँदा एटिएमबाट रु दुई हजार निकाले पनि रु २५० सेवा शुल्क काट्ने गरेकामा सुधार गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराए । बैंकले मन लागेकालाई ऋण दिने मन नलागेकालाई नदिने गरेको उहाँको भनाइ थियो । सांसद मीना सुब्बाले बैंक एवं वित्तीय संस्थालाई नियमन गरिनुपर्नेमा जोड दिइन् ।
सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिनुहुँदै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिइ ब्याजदर बढाउन नपाइने नियम भएकाले बढाएको पाइएमा कारवाही हुने बताए ।
बैंकलाई पूँजी बढाउन अवधि तोकेर सूचना दिँदा १०÷१२ भन्दा बढीले नसकेकाले मर्जर गर्ने समय दिइएको उनले बताए । अर्थ मन्त्रालयका सचिव डा राजन खनालले पनि ऋण लिइसकेपछि ब्याजदर बढाउन नपाइनेमा जोड दिए ।
बैठकमा सभापति भरतकुमार शाहले समितिले कुनै बैंकको अध्यक्ष सांसद भएमा स्वार्थ बाझिने भएकाले त्यसका लागि निश्चित आचार संहिता बनाइनुपर्ने बताए । (रासस)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 8 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 10 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 23 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।