जब यी राष्ट्रपतिहरुले ब्रह्मलुट गरे
- बुधबार, ५ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।
हामी यस्तो संसारमा बसेका छौ कि जहाँ सबैभन्दा ठुला भ्रष्ट राजनीतिज्ञहरु पनि छन् । शक्तिको आडमा डर, धम्की देखाएर कालो धन कमाउन चाहने राजनीतिज्ञहरुको ठूलै समूह छ ।
विश्वमा यस्ता भ्रष्टाचारको उदाहरण पनि छन, एक जनाले गरेको भ्रष्टाचार कुनै एउटा विकसित देशको एक वर्षको बजेट बराबर हुन आउँछ । ती त्यस्ता व्यक्तिगत भ्रष्टचारीहरु हुन्छन जसले देशको कानुनलाई ठाडै चुनौती दिएको हुन्छ ।
दुनियाँमा भएका यस्तै भ्रष्टारको अध्ययन गरेर वण्डरलिष्ट मिडियाले हालसम्मकै ठुला १० भ्रष्ट राष्ट्रपतिहरुको सूची तयार गरेको छ ।
१०. जोसेफ इस्ट्राडा (फिलिपिन्सका पुर्व राष्ट्रपति)
फिल्मी करिअरमा सफलता नमिलेपछि राजनीतिमा लागेका थिए जोसेफ इस्ट्राडा । भुमीहिन जनताहरुको बारेमा वकालत गरी आफ्नो चुनावी क्याम्पिन अगाडि बढाएका उनलाई जनताले देशको पक्षमा काम गर्ने नेता ठानेर राष्ट्रपतिमा विजय गराए । तर, इस्ट्राडाले जनताको त्यो विश्वासलाई देशको पक्षमा होइन, व्यक्तिगत उन्नतिमा उपयोग गरे । बिस्तारै उनको भित्री कुरा सार्वजनिक हुँदै गएपछि जनताहरुले बल्ल थाहा पाए उनी त राजनीतिको खोल ओडेर अर्बौ रुपैयाँ भ्रष्टाचार गरिरहेका रहेछन् । उनले ८० मिलियन अमेरिकी डलरभन्दा बढी भ्रष्टाचार गरेको आरोप प्रमाणित भएको थियो ।
९. आरनोल्डो एलेम्यान (निकारागुआका पुर्व राष्ट्रपति)
राष्ट्रपति जस्तो गरिमामय पदको महत्व नबझ्ने निकारागुआका ८१ औ राष्ट्रपति हुन् आरनोल्डो एलेम्यान । देशलाई अग्रगमनको बाटोमा लैजाने बाचाका साथ पदभार सम्हालेर त्यसको गलत प्रयोग गर्न कत्ति पनि हिचकिचाएनन उनी । पद भनेको पैसा कमाउनकै लागि हो भन्ने सोचेका एलेम्यानले १०० मिलियन अमेरिकी डलर भन्दा धेरै भ्रष्टचार गरेका थिए । मेअरदेखि राष्ट्रपतिसम्मको यात्रा गरेका उनले देश र जनताप्रतिको जवाफदेहिता र जिम्मेवारीबोध कहिल्यै गरेनन् । अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।
८. पाब्लो लाजारेन्को (युक्रेनका पुर्व राष्ट्रपति)
देशको नियम कानुनको खिल्ली उडाउँदै २०० मिलियन अमेरिकी डलरभन्दा बढी रकम भ्रष्टाचार गर्ने युक्रेनका पुर्व राष्ट्रपति पाब्लोले धेरै अधिकारीहरुलाई डर देखाएर आफ्नो कब्जामा राखेका थिए । १० विलियन अमेरिकी डलर रहेको प्रोजेक्टमा सरकारी अधिकारीहरुलाई डर धम्की देखाएकै भरमा उनले भ्रष्टाचार गरेको प्रमाणित भएको थियो ।
७. अल्बर्टो फुजीमोरी (पेरुका पुर्व राष्ट्रपति)
एसियन वर्णका जस्ता देखिने अल्बर्टो फुजीमोरी चतुर राजनीतिज्ञमा गनिन्छन् । तर, उनको चतु¥याई तब पर्दाफास भयो जब उनले ६०० मिलियन अमेरिकी डलर रकम भ्रष्टाचार गरेको तथ्य बाहिर आयो । निकै रमाइलो गर्न रुचाउने फुजीमोरीको असली रुप बाहिर आएपछि सबै दंग परेका थिए । उनलाई राष्ट्रपति निर्वाचनका बेला हत्या, अपहरण गरेको आरोप पनि लागेको थियो ।
६. जीन क्याउडे डुबालाएर (हाइटीका पुर्व राष्ट्रपति)
डुबालाएर हरेक काममा भ्रष्टाचार नगरी सन्तुष्ट नै हुँदैनथे । हाइटीभर त्रासको माहोल खडा गरेका उनले आर्थिक क्रान्ति ल्याउँछु भन्दै राजनीति गरेका थिए । उनले आफ्नो कार्यकालमा ३०० देखि ८०० मिलियन अमेरिकी डलर रकम भ्रष्टचार गरेको अनुमान गरिएको थियो ।
५. सानी अबाछ (नाइजेरियाका पुर्व राष्ट्रपति)
सानी अवाछ संसारकै क्रुर तथा भ्रष्टाचारी राजनीतिज्ञमा गनिन्छन् । नगनिउन पनि कसरी । १०० वर्षसम्म नाइजेरियाका जनतालाई पुग्ने तलब करिब ५ बिलियन अमेरिकी डलर उनले भ्रष्टाचार गरेका थिए । उनको अचानक भएको मृत्युपश्चात उनकी श्रीमतिले ४ वटा सुटकेसभरी पैसा लिएर देश छोड्न लागेकी थिइन् । अबाछलाई सबैभन्दा बढी हासिमजाक गर्ने भ्रष्ट नेताको रुपमा हेर्ने गरिन्थो ।
४. स्लोबोडन मिलोसेभिक (युगोस्लाभियाका पुर्व राष्ट्रपति)
बिबिसी मिडियाले दिएको जानकारी अनुसार मिलोसेभिकको कार्यकालमा सबैभन्दा धेरै हाइप्रोफाइल हत्या र उक्त हत्यामा संलग्न प्रत्यक्षदर्शीहरुको पनि हत्या गर्ने कामले तिब्रता पाएको थियो । त्यही समयमा देशमा कालोबजारीले पनि प्रश्रय पाएको थियो । १०० बिलियन अमेरिकी डलर बराबरको रकम हिनामिना गरेका थिए भने देश सञ्चालनलाई नै एउटा मजाकको विषय बनाएका थिए ।
३. मोबुतो सेसे सेको (जाएरका पुर्व राष्ट्रपति)
मोबुतो सेसे ५० बिलियन थ्रि मेन स्र्कोनमा संलग्न रहेको पुष्टि भएको थियो । यो तीन देशले मिलेर गरेको स्क्याम हो । जसमा फिलिपिन्स र इण्डोनेसियाको पनि संलग्नता रहेको पुष्टि भएको थियो । यो रकम कुनै पश्चिम देशको एक वर्षको बजेट बराबरको रकम हो । सेकोले आफैलै १२ बिलियन अमेरिकी डलर बराबरको रकम भ्रष्टाचार गरेका थिए ।
२. फर्डिनाण्ड मार्कस (फिलिपिन्सका पुर्व राष्ट्रपति)
१४ वर्षको अन्तरालमा अन्तराष्ट्रिय साठँगाठँ मजबुत बनाई अकुत सम्पत्ति भ्रष्टचार गरेका फर्डिनाण्डले स्वयमले नै व्यक्तिगत रुपमा ५ देखि १० बिलियन अमेरिकी डलर भ्रष्टचार गरेका थिए । उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार गर्ने दोस्रो व्यक्तिमा पर्छन् ।
१. मोहमद सुहार्तो (इण्डोनेसियाका पूर्व राष्ट्रपति)
३० वर्षको राष्ट्रपति कार्यकालमा उनले नगरेको काम केही पनि छैन । हत्या हिसांलाई प्रश्रय दिएर अकुत सम्पत्ति आर्जन गर्न उनी खप्पिस थिए । उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टचार गर्ने व्यक्तिको पहिलो सुचीमा पर्छन् । उनले व्यक्तिगत नै १५ देखि ३५ बिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको पुष्टि भएको थियो । लामो कार्यकालसम्म एकोहोरो भ्रष्टाचार गर्न सफल भएका उनलाई दुनियाँकै भ्रष्टमध्येको पहिलो सूचिमा राखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना
- 5 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 1 hour ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 1 hour ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।