अष्ट्रेलियामा.... यी पैसा

Global IME
Norvic Hospital

व्यस्त सिड्नीको पानी परेपछिको बिहानी, काममा जाने समय, सडक छेउको पार्क अनि छेउछाउमा पानी नै पानी छ । अझै पनि सिमसिम पानी परिरहेकै छ । बेलाबेलामा वाइपर चलाउनु परेको छ आज । मेरा लागि ड्राइभिङ आज अलि असहज भएको छ । दायाँबायाँ हेर्दै सुस्त रफ्तारमा अघि बढिरहेको छु म । “यी पैसा.....यी गाडी....यी घर....यी अस्ट्रेलिया.....यी सुन्तली ...,” अगाडिको भिडबाट नेपाली आवाज, एकनासको विरह र क्रन्दनको । मैले गाडी छेउ लगाएँ । 

 

“यी पैसा.....यी गाडी....यी घर....यी अस्ट्रेलिया.....यी सुन्तली ...” भन्दै चिच्याउँदै, एउटा हातले आफैँलाई लोपर्दै अर्को हातले जमिनको पानी शरीरमा छ्याप्तै गरिरहेको एक निवस्त्र पुरुषमाथि सबैका आँखा अडिएका थिए । एउटा गोरीको आवाज पनि सुनियो, “ओ म्याड म्यान ।” 

 

भिडलाई छिचोल्दै म त्यो पुरुषको छेउमा पुगेँ “आम्मै बिर्खमान जी !” मैले अचम्मले जिब्रो टोक्न पुगेछु । बिचरा नेपाल जाने कि अस्ट्रेलियामा बस्ने भन्ने दुविधामा थियो ऊ अघिल्लो महिनासम्म । एक महिनाअघि एउटी नेपाली बहिनीको आत्महत्याले निकै दुःखी बनाएको थियो उसलाई । हेर यो हरि विजोग ! उसले मलाई अघिल्लो हप्ता मात्रै उसकी सुन्तलीले अर्कैसँग बिहे गरेको कुरा सुनाएको थियो ।

 

गएको आइतबार उसले एउटा पवमा निकै रमाइलो गरेको थियो रे ! अर्को दिन त्यही पवमा उसले हजारौं डलर लुटायो रे ! त्यसमाथि उसको पोकरको लतले हजारौं डलर उडायो । हजारौं डलर हारेका कारण उसको मानसिक अवस्था अलि कमजोर छ भन्ने त सुनेको हो मैले पनि । यसरी बेहोसी नै भैसकेको थाहा थिए । विचरा...!

 

आफ्नो गाडीमा भएको ब्ल्याङ्केट च्यापेर म पनि विर्खमानको पछाडि कुदेँ । ब्ल्यांकेटले उसलाई छोपेर गाडीमा राखेर उसको अपार्टमेन्टमा पु¥याएँ । त्यहाँ पनि ऊ एक सुरमा “यी पैसा.....यी गाडी....यी घर....यी अस्ट्रेलिया.....यी सुन्तली ...” भनिरहेको थियो । 

 

“ल लुगा लगाउनुस् बिर्खमानजी । के गरेको यो ?”

 

ऊ चिच्यायो, “यी पैसा.....यी गाडी....यी घर....यी अस्ट्रेलिया...यी सुन्तली...।”

 

“बिर्खमानजी, यसो नगर्नुस् । केही भएको छैन । पबमा नजानु थियो जानुभयो, अब के गर्ने ? भैगो अब त्यसमा पिर मानेर के नै हुन्छ र ? अब त्यो पैसा त कमाइन्छ नि फेरि पनि । अब सुन्तलीकै कुरा गर्दा ५–६ वर्ष त कुराउनुभयो । र, पनि उसलाई प्रष्ट जवाफ दिनुभएन, अस्ट्रेलियामा बस्ने कि नेपाल जाने निर्कौल गर्न सक्नु भएन । अब उसले पनि कति कुरोस तपाईंलाई ? आमा–बाबु छोरो कहिले आउँछ भनेर कुरेर बसेका छन् । हेर्नुस् त तपाईंको अवस्था उहाँमाथि पनि तपाईंले बेइमानी गर्नुभयो । तपाईं, हामीजस्तो भर्खर अस्ट्रेलिया आएको मान्छे पनि त होइन । हामीलाई बाटो देखाउनुपर्ने हाम्रो अगुवा हेर्नुस् त तपाईको हालत ! उपचार नै गराउनुपर्ने अवस्थामा...।”

 

मेरो कुरालाई कुनै वास्ता नै नगरी ऊ भने फेरि पनि एकोहोरो चिच्याइरहेको थियो, “यी पैसा...यी गाडी....यी घर....यी अस्ट्रेलिया.....यी सुन्तली ... ।”

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 11 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 17 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 59 minutes ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।