Techie IT
२०८२ असार २५, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट


एजेन्सी । मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा रहेको मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि ल्याटिन अमेरिकाका सरकारहरूले इक्वेडरको चर्को आलोचना गरेका हुन् ।

अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, क्युबा, पेरु, उरुग्वे र भेनेजुएलाले मेक्सिकोको दूतावासमा इक्वेडरले गरेको आक्रमणको चर्को निन्दा गरेका छन् । निकारागुआले इक्वेडरसँग कुटनीतिक सम्बन्ध तोड्न मेक्सिकोसँग मिलेर काम गर्ने बताएको छ । मेक्सिकोले हिजो नै इक्वेडरसँगको सम्बन्ध तोडिसकेको छ । ब्राजिलले इक्वेडरको कदमलाई अन्तर्राष्ट्रिय कानुन र मापदण्डको ‘स्पष्ट उल्लङ्घन’ को रूपमा निन्दा गरेको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ल्याटिन अमेरिकाले विश्वमा अगाडि बढिरहेको बर्बरताको बीचमा अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनलाई जीवित राख्नुपर्ने बताएका छन् ।

यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई विवाद समाधान गर्न संयम देखाउन आग्रह गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेका इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए । ग्लासलाई पक्राउ गर्न इक्वेडरको प्रहरीले मेक्सिकोको दूतावासभित्र प्रवेश गरेर आक्रमण गरेपछि मेक्सिको र इक्वेडरबीच तनाव बढेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलन मस्कले घोषणा गरे नयाँ दल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्

टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

Techie IT