आमाबुबा गुमाएका पूजा र पुष्पालाई आर्थिक सहयोग

Norvic Hospital
  • मंगलबार, २८ माघ, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ । आमाबुबा दुवै गुमाएका दुई छोरीलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेत तीन वर्षअघि जन्डिसले  श्रीमान्को मृत्यु भएपछि  दुई छोरी लिएर पोखरा महानगरपालिका–१७ बेलघारी माइतीको शरणमा आउनुभएको थियो ।  उनको मनिपाल अस्पतालमा उपचारका क्रममा गत पुस १० गते निधन भएपछि  अहिले दुई छोरी अभिभावक गुमाउनुको पीडामा रहेका छन् ।  

 

सेतो वस्त्र लगाएर १३ दिन नै  माताको किरिया बसेका १४ र ११ वर्षीया पूजा र पुष्पाको तस्बिर सामाजिक सञ्जालमा भावुकताले  छाएको थियो । ती दिदी बहिनीका कारुणिक तस्बिर र  कमजोर आर्थिक अवस्थाबारे डेनमार्कमा रहेका जाग्रिला केसी र उनका श्रीमान् अरविन केसीले रु एक लाख १७ हजार सङ्कलन गरेर नेपाल पठाएका छन्  । 

 

सो रकम उनका दिदी साग्रिला केसीले उनीहरुले आश्रय लिइरहेको मावली घर पोखराको बेलघारीमा पुगेर हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै साग्रिला केसीले भने, “अभिभावक गुमाउनुको पीडा र त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारणले उनीहरुको भविष्य नबिग्रियोस् भनेर सहयोगमा जुटेका हौँ ।” उनले डेनमार्कबाट बहिनीज्वाइँले सङ्कलन गरेर पठाएको  रकममा तीन हजार थपेर एक लाख २० हजार हस्तान्तरण गरेको बताए । 

 

त्यसरी नै नेदल्यान्ड बस्ने मीना र कुश बजगाईंले पनि आफूहरु र साथीभाइबाट  सङ्कलित एक लाख ६४ हजार रकमको चेक हस्तान्तरण गर्नुभयो । “आर्थिक अवस्था निकै कमजोर रहेछ,  आश्रय लिएर बसिरहेको मामाको घर पनि सानो भएकाले  उनीहरुका लागि छुट्टै कोठा बनाउनसमेत पहल भएको रहेछ, यसको निर्माणमा सहयोग होस् भनेर रकम सङ्कलन गरेर हस्तान्तरण गरेका हौँ ।” उनले अभिभावक गुमाएका पूजा र पुष्पाको मनोबल कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

 

चेक ग्रहण गर्दै पूजाले आफूहरुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति आभार व्यक्त गरिन् । उनले आफू पढेर नर्स बन्ने लक्ष्य राखेको बताइन् । त्यसैगरी पुष्पाले आफू इञ्जिनीयर बन्ने लक्ष्य रहेको सुनाइन् । दुवै जनाले भविष्यमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहने चाहना व्यक्त गरे । हजुरबुबा रामबहादुर अधिकारीले नातिनीहरुका नाममा सङ्कलित करीब ६ लाख रकमलाई टोल विकास समितिको अध्यक्षको रोहवरमा बैंकमा राखिएको र उनीहरु १८ वर्ष पुगेपछि मात्र भोगचलन गर्न पाउने गरी जम्मा गरिदिएको बताए । उनले भने “धेरै थोरै सहयोग रकम आइरहेको छ, अहिले सानो घरमा बसेका छौँ नातिनीहरुलाई पढ्न, लेख्न र बस्न सजिलो होस् भनेर पछाडि उनीहरुका लागि एउटा कोठा बनाउँदैछौँ । सहयोग गर्नेहरुप्रति आभारी छौँ ।” सहयोगी मनहरुका साथ र सहयोगले नातिनीहरुलाई ऊर्जा मिल्ने र भविष्यमा पढ्न चाहेको विषय पढेर आफ्नो भविष्य बनाउन सक्ने विश्वास व्यक्त गरे । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 38 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 47 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 50 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।