अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

  • शुक्रबार, ५ मंसिर, २०७७
  • 5 days ago
  • अर्थ

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।  बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा समानान्तर ‘ट्याक्सी वे’ र ‘ह्याङ्गर एप्रोन’ बनाउन तथा गौतमबुद्ध विमानस्थलमा ‘टर्मिनल’ भवन निर्माणका साथै त्यसको क्षमता बढाउन ऋण रकम स्वीकृत गरिएको बैंकले जनाएको छ । 

 

भैरहवामा निर्माणाधीन वैकल्पिक क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनाका साथै कोभिड–१९ का कारण थलिएको पर्यटन उद्योगलाई महामारीपछिको समयमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ । 

 

यसैगरी परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलको मौजुदा सुरक्षा व्यवस्था सुदृढ हुने एवं त्यसको प्रभावकारी सञ्चालन तथा सेवा प्रवाह क्षमतामा थप सुधार हुने विश्वास बैंकले व्यक्त गरेको छ ।   


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।