बाँदरले आतङ्क मच्चाएपछि...

Norvic Hospital
  • मंगलबार, २५ मंसिर, २०७५
  • 2 years ago
  • नेपाल

बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । 

 

बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए । 

 

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लग्ने गर्दा स्थानीय बासिन्दा आतंकित बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको पार्वती चन्दको भनाइ छ । 

 

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताए । “वर्षौँदेखि गाउँमा बाँदर आतङ्क छ”, उनले भने, “अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छाडेका छौँ ।” 

 

खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको नगरपालिका–५ का स्थानीबासी डम्बर टमाटाले बताए । उनले भने, “घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।” 

 

यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत पाँचरछ वर्षदेखि खेतमा बालीनाली नलगाई बाँझै छाडिएको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिए । 

 

बाँदरले सबै फलफूल समेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । यो मौसममा लाखौंँको सुन्तला, मौसम, अमिलो फल फल्ने यी क्षेत्रमा अहिले एक दाना पनि नभएको स्थानीयवासीले बताएका छन् । 

 

बाँदर आतङ्क रोक्न नगरपालिका–५ ले गतवर्ष रु एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भए पनि फेरि बाँदर फर्केर आएको वडाध्यक्ष भट्टले बताए । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा स्तरीकरण गरिएको छ । 

 

बाँदर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नगरपालिकामा छलफल भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । बाँदरको आतङ्क बढेपछि नगरपालिकाले गतवर्ष बाँदर धपाउने अभियान शुरु गरेको थियो, तर त्यो सफल हुनसकेको छैन् । 

 

स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर लखेट्ने अभियान चलाएको भए पनि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको हो । 

 

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 7 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।