बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि...

Norvic Hospital

 

‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल

सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी किसानले ।

 

वर्षौंदेखि जङ्गली जनावर (बाँदर र चितुवा)ले क्रिडास्थल बनाएको भिराले ढुङ्गे खरबारीमा लटरम्मै फलफूल र तरकारी लगाएर हरियाली बनाएका म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलका खेम केसी पहिलेको खरबारीमा आफ्नै पौरखले बनाएको फुलबारी हेरेर अहिले मख्खै पर्छन् ।

 

उमेरले ५० वर्ष पार गरेका पौरखी केसीले कालिपुलमा मोटरसाइकल वर्कसप तथा मर्मत केन्द्र, तरकारी र किराना पसलसमेत सञ्चालन गर्दै आएका छन् ।  कृषिबाट आकर्षित भएका केसीले आफ्नो व्यावसायसँगै अहिले १५ रोपनी पाखोबारी (खरबारी) मा रु १० लाख भन्दा बढी लगानी गरी फलफूल र तरकारीको हरियो फूलबारी बनाउनुभएको हो ।

 

केसीले सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोको १५ रोपनी पाखोमा तरकारी र फलफूलखेती गरेको उनले बेनीमा विषादीरहित तरकारी तथा फलफूल बिक्री गर्ने गरी पहिलो वर्षमा नै ठूलो लगानी गरेर पाखोबारीलाई फूलबारी बनाएको बताए । 

 

“बाँदर लड्ने खरबारीलाई हरियालीयुक्त फूलबारी बनाउँदै छु, पहिलो वर्षको सफलता देखेर उत्साहित भएको छु’ केसीले भने”, “यहीँ पाखा पहरामा लडीबुडी खेलेर बाल्यकाल बिताएको हुँ, आफू खेले हुर्केको ठाउँ प्रयोगविहीन भएको देखेर मन खायो अनि लगानी गरेर तरकारी र फलफूल फलाउन कस्सिएको छु ।”

 

पचास रोपनी क्षेत्रफलमा फैलिएको खरबारीमध्ये अहिले १५ रोपनीमा फलफूल तथा तरकारीखेती गर्नुभएको केसीले   बेनी–मालढुङ्गा सडक खण्डको नजिकै पर्ने खरबारीमा पदमार्ग बनाएर आफ्नो फुलबारीसम्म पुग्ने बाटो समेत बनाएको छ ।  त्यत्तिकै खेर गएको बाँकी ३५ रोपनी जग्गामा समेत फूलबारी निर्माण गर्ने योजना रहेको केसीले जानकारी दिए । आफ्नो फुलबारीमा उत्पादन भएको तरकारी तथा फलफूललाई बेनीमा बिक्री केन्द्र स्थापना गरी उपभोक्तालाई विषादीरहित पूर्ण प्राङ्गारिक तरकारी बिक्री गर्ने योजनामा आफू रहेको पनि उनले बताए । 

 

बाध्यताले नभै रहरले शुरु गरेको कृषिकर्मबाट आफू निकै सन्तुष्ट रहेको बताउने केसीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर विषादीरहित तरकारी तथा फलफूल उत्पादन गर्ने प्रतिबद्धतासमेत गरेका छन् । परीक्षणको रुपमा अहिले केरा, आँप, लिचिलगायत १२ प्रजातिका फलफूल तथा करेला, घिरौला, साग, बोडी, सिमीलगायतका तरकारी लगाएका केसीको दैनिकी अहिले विकसित हुँदै गरेको फुलबारीमा नै बित्ने गरेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गोप्य छलफलमा भीम रावल

  • 4 minutes ago
गोप्य छलफलमा भीम रावल

चितवन । नेकपा एमालेको आगामी नेतृत्वको लागि दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन्। बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतको दावी छ। छलफलमा को को छ

ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

  • 7 minutes ago
ए डिभिजन लिगः जावलाखेल र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

  • 15 minutes ago
नेपालले आज यूएईलाई जित्नै पर्ने बाध्यता

काठमाडौँ । आईसीसी महिला टी९२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग निर्णायक खेल खेल्दै छ। शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपाल



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।