बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित

Norvic Hospital
  • शुक्रबार, १३ मंसिर, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौँ ।खेतीबाली लगाउँदादेखि नपाक्दासम्म अहोरात्र बाँदर कुरेर बस्नुपर्ने बाध्यता सहेका कृषक यतिखेर मेकाडामिया नट खेतीतर्फ आकर्षित बनेका छन् ।

 

बाँदरबाट जोगाउन सकिने भएपछि विगत चार वर्षयता मेकाडामिया नट लगाउन थालेका पुतलीबजार नगरपालिका–२ भैँसेगौँडाका किसान यसलाई वैकल्पिक खेतीका रुपमा अघि बढाएका हुन् । दुःख गर्नुसम्म ग¥यो क्षणभरमा बाँदरले सखाप बनाइदिन थालेसँगै त्यसको विकल्प खोजेका कृषकका लागि मेकाडामिया नट यतिखेर बरदान सावित भएको छ ।

 

बाँदरबाट जोगाउन सकिने र आयआर्जनको महत्वपूर्ण विकल्प हुने सम्भावनालाई दृष्टिगत गरी भैँसेगौँडामा २०७२ सालदेखि नै सामूहिक मेकाडामिया नटको खेती शुरु गरिएको हो ।

 

राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी यस क्षेत्रका २५ जना कृषक आबद्ध भई सामूहिकरुपमा यसको खेती थालिएको समूहका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए । मेकाडामिया नटको बिरुवाको बढ्दो मागलाई दृष्टिगत गरी समूहले नर्सरी तयार गर्दै बिरुवा बिक्री वितरण समेत गर्दै आएको छ ।

 

अध्यक्ष गुरुङका अनुसार यहाँ उत्पादित बिरुवा स्याङ्जा जिल्लाका साथै कास्की, तनहु, सङ्खुवासभा, चितवनलगायतका जिल्लामा पु¥याइसकिएको छ । भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायतका स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले मेकाडामिया नट लगाएका छन् । यस आसपासमा मात्रै व्यक्तिगत रुपमा हाल एक हजार ५०० भन्दा बढी बोट लगाइसकिएको छ ।

 

ठाउँठाउँमा बाँदरको बिगबिगी रहेको अवस्थालाई दृष्टिगत गर्दै त्यसबाट जोगिने र वर्षौं फाइदा लिन सक्ने भएका कारण यसको खेती थालिएको कृषक बताउँछन् । भैँसेगौँडामा विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहल र साविक राङभाङ गाविसका २५ जना कृषकको पहलमा पहिलोपटक नर्सरी तयार गरिएको हो । नर्सरीसँगै आसपासका स्थानीय कृषक व्यक्तिगतरुपमा पनि यसतर्फ आकिर्षत बनेको समूहका सदस्य हिमबहादुर गुरुङले जानकारी दिए ।

 

मेकाडामियानट खेतीको शुरुआत अष्ट्रेलियाबाट भएको हो । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ । बजारमा प्रतिकिलो रु ८०० सम्म बिक्री हुने गरेको बताउँदै गुरुङले बजारको मागअनुसार पु¥याउन धौधौ भएको बताए ।

 

सामान्यतः २५ देखि ३२ डिग्री तापक्रम यो नटका लागि उपयुक्त हुने भएकाले मध्यपहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ । समुद्री सतहबाट लगभग एक हजार २०० देखि एक हजार ३०० मिटरसम्मको उचाइको सिँचाइयुक्त भूभाग यसका लागि उपयुक्त मानिन्छ । भैँसेगौँडा समुद्री सतहबाट एक हजार ५५० मिटरको उचाइमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

 

मागअनुसार प्रत्येक वर्ष नर्सरीमा बिरुवा उत्पादन गरिँदै आइएको र हाल करिब दुई हजार जति बिरुवा बिक्रीका लागि राखिएको छ । तनहुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेकमा भैँसेगौँडा पर्ने भएकाले मेकाडामिया नटको बिरुवा तथा फल उत्पादन गर्न सके बजारको कुनै समस्या नहुने कृषकको तर्क छ । सामूहिक प्रयासमा स्थानीयले मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइसकेका छन् ।

 

कास्की जिल्लाका ल्वाङघलेल, अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न भूभागका साथै आसपासका क्षेत्रमा यसको खेती वर्षेनी विस्तार हुँदै गएको छ । बाँदर नलाग्नुका साथै टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले पनि यस तर्फको आकर्षण बढ्दै गएको हो ।

 

उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ ।

 

बाँदरको समस्या वर्षेनी बढ्दै गएका अवस्थामा त्यसबाट जोगाउन सक्ने वैकल्पिक खेतीका रुपमा मेकाडामिया नटको विकास तथा विस्तार उपयोगी बन्दै गएको कृषकको तर्क छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

  • 9 minutes ago
बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुव

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

  • 26 minutes ago
देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

  • 39 minutes ago
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।