मून–कीम शिखर बैठक असोज २ मा
- बिहीबार, २१ भदौ, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले बताएका छन् ।
उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिए ।
राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गरेका थिए । उनका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हून पनि सहभागी थिए ।
मून र कीमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए ।
चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने बताए । “दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपायहरुको खोजीका विषयमा छलफल हुनेछ । साथै, बैठकमा कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण सहित समृद्ध कोरियाली द्वीप बनाउने उपायको खोजी गरिनेछ ।”
उत्तर कोरियाली नेताले आणविक निःशस्त्रीकरण प्रतिको प्रतिबद्धतालाई पुनः दोहो¥याएकाे, र त्यसका निम्ति संयुक्तराज्य अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहेका चुङले जानकारी दिए ।
“अध्यक्ष कीम जोङ–उनले कोरियाली द्वीपमा पूर्ण आणविक निःशस्त्रीकरण गर्न पुनः प्रतिबद्धता व्यक्त गर्नुभएको छ, र त्यसका निम्ति दक्षिण कोरियामात्र नभइ अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गरे,” दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार जोङले बताए ।
दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच आणविक निःशस्त्रीकरणका विषयमा देखिएका कठिनाइलाई फुकाउने पनि उद्देश्य राखेको थियो ।
उत्तर कोरियाबाट आणविक निःशस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धता बमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए ।
तर उत्तर कोरियाली नेता कीमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गरे । नेता कीमको भनाइ उद्धृत गर्दै चुङले भने, “उत्तर कोरियाले आणविक निःशस्त्रीकरणका बारेमा गरेका कार्यहरु अर्थपूर्ण र महत्वपूर्ण रहेका छन् ।”
कीमले पुन्ग्ये–री को आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग अरु थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट गरेका थिए । नेता कीमले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्ना कार्यहरुको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुःख लागेको छ ।”
नेता कीले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्धलाई अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरे । “नेता कीमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन भएको छैन भन्नुभयो,” चुङले भने ।
सन् १९५०–५३ मा भिषण युद्ध लडेका दुई कोरिया प्राविधिक रुपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच हतियार बिसाउने ९युद्धबिराम० सम्झौता भएको छ, तर शान्ति सन्धि भएको छैन ।
मून र कीमले औपचारिक रुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाएका छन् । यस्तो घोषणाप्रति अमेरिकीहरुको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक
- 7 minutes ago

काठमाडौँ । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल ए
नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे
- 10 minutes ago
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फेरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो ४ बजेको लागि तय भएको छ। जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थ
बंगलादेशमा निरन्तर वर्षा र बाढी, १०० जनाभन्दा बढीको मृत्यु
- 16 minutes ago

एजेन्सी । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीका कारण यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।