उत्तर कोरियाली नेता कीमको सिओल भ्रमण चाँडै – मून
- बिहीबार, १५ कार्तिक, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन् ।
गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता कीमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर भ्रमणको समयका बारेमा निर्णय भएको थिएन ।
तर दक्षिण कोरियाली राष्ट्रपति मूनले यसै वर्ष कीमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका थिए । सांसदहरुको प्रश्नको बिहीबार जवाफ दिँदै मूनले शान्तिका लागि कोरियाली प्रायःद्वीप ऐतिहासिक मोडमा पुगेको बताए ।
“उत्तर कोरियाली नेता कीम जोङ अनको रुस भ्रमण र चिनीया राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदैछ,” मूनले भने । उनले कीम र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताए ।
राष्ट्रपति मूनले भने, “अध्यक्ष कीम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।” तर उनीले भ्रमणबारे विस्तृत जानकारी दिएनन् ।
कुटनीतिक पहल निकै बाक्लो भइरहे पनि सिओल र वासिङ्टनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन् । दक्षिण कोरियाको मित्रशक्तिका रुपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ ।
मून, कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आणविक निःशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो । तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन ।
संयुक्तराज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरु फुकुवा गरेको छैन । अमेरिकाले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ । उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिका सहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसैसाता सिओल र वासिङ्टनबीच समन्वयात्मक कार्यहरुलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ ।
यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदैछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा
- 48 seconds ago

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
- 5 minutes ago

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
भरतपुरमा रेनुको मतान्तर १० हजार नाघ्यो
- 15 minutes ago

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी रेनु दाहालले १० हजार मत अन्तर बनाएकी छिन्। महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० ह
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।