प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक – राष्ट्रपति मून

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताए । 

 

उनले भने, “मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनेछन् ।” 

 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो । 

 

संयुक्तराज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ । 

 

राष्ट्रपति मूनले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

 

“मेरो सोचाईमा दुबै पक्ष जानकार छन् । उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अन्त्यका लागि बढी ठोस आणविक निःशस्त्रीकरण कदमहरु चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ । अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ ।” 

 

राष्ट्रपति मूनले थपे, “तैपनि, आपसी मतभिन्नताका कारण दुबै देशले अरुका कुरा सुन्नु परेको छ । मेरो विचारमा त्यहीकारण अहिलेसम्म दोस्रो अमेरिका–उत्तर कोरिया शिखर बैठक हुन सकिरहेको छैन ।” 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरे । उत्तर कोरियाली नेता कीमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई सङ्केत गर्दछ । 

 

“अध्यक्ष कीमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिका बैठक अब टाढा छैन भन्ने सङ्केत गरेको छ । चीनले अन्तर–कोरियाली संवादमा विगतमाझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,” राष्ट्रपति मूनले भने । 

 

उनले उत्तर कोरियाली नेता कीमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गरे । यो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुनेछ । 

 

“दक्षिण कोरिया भ्रमणका लागि अध्यक्ष कीमले व्यक्तिगत रुपमै प्रतिज्ञा गरेका छन् र घोषणा पनि भएको छ । तर यो कुरा उत्तर कोरिया–अमेरिकाबीचको दोस्रो शिखर बैठकसँग पनि जोडिएको छ,” राष्ट्रपति मूनले भने । 

 

राष्ट्रपति मूनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्धहरु पुनः स्थापित गर्ने बताए । “हाम्रो अर्थतन्त्रमा पछिल्लो समय केही समस्या देखिएका छन् । विश्व व्यापारमा तनाबको स्थिति पनि छ । तर, मेरो विश्वासमा उत्तर कोरियासँगको आर्थिक सहयोग र सम्पर्कले नयाँ, महत्वपूर्ण वृद्धिमा सघाउनेछ ।” 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

  • 22 minutes ago
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च

फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

  • 30 minutes ago
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

  • 37 minutes ago
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।