मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका
- शुक्रबार, ८ भदौ, २०७५
- 4 years ago
- प्रबिधि

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।
तर अहिले अन्तरिक्षको यात्रा गराउनका लागि विभिन्न कम्पनिहरु खुलेका छन् । जसको मुल्य पहिलेको भन्दा निकै कम रहेको छ । कम्पनिहरुले ७५ हजार डलरदेखी सांढे दुई लाख डलरसम्मका प्याकेजहरु सार्वजनिक गरेका छन् ।
एलन मस्कले यो मुल्य अझै घटाउने प्रयास गरिरहेका छन् । उनी मंगल ग्रहमा हाउजिङ स्थापना गर्ने अभियानमा रहेका अभियानकर्ता हुन् ।
टिटोले पहिलोपटक तिरेको रकमभन्दा हाल अन्तरिक्ष यात्राका लागि निकै कम मूल्यमा प्याकेजहरु उपलब्ध भएपनि आम मानिसका लागि भने यो रकम निकै महंगो हो ।
तर आम मानिसको यही चाहानालाई मध्यनजर गर्दै नयाँ वित्तिय व्यवस्थापन गर्ने कम्पनि सुरु भएको छ । यसमा तपाईंले ४० वर्षसम्म रकम जम्मा गर्नुपर्ने हुन्छ । सो रकम जम्मा गरेपछि तपाईंको मंगलग्रह पुग्ने सपना साकार हुनेछ । सो अवधिमा कम्पनिले व्यवसायीक अन्तरिक्ष कार्यक्रममा लगानी गर्छ ।
कम्पनिका प्रमुख कार्यकारी अधिकृत जेसनले अन्तरिक्ष यात्राका लागि खर्च पु¥याउन नसक्नेहरुका लागि यो परियोजना सुरु गरेको फोब्रर्सले जनाएको छ ।
अन्तरिक्षमा जान इच्छुक कम्पनिले सुरुवाती चरणमा दश हजार डलर निक्षेप गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनिले उक्त रकम पार्टनर बैंकसँगको सहकार्यमा ४० वर्षको अवधिमा परिपक्व गराउनेछ ।
कम्पनिले सो रकम अन्तरिक्षमा विकासका लागि खर्चिने जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 2 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 10 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 41 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।