राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । 

 

उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुगेका छन् । 

 

नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न कीम आफैं विमानस्थल पुगेका थिए । 

 

सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए । दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन । 

 

माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए । 

 

दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए । 

 

उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ । 

 

यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ । 

 

दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो । 

 

तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ । 

 

संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ । उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्षा गरेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

  • 26 minutes ago
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च

फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

  • 34 minutes ago
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति

आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

  • 40 minutes ago
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही

काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।