पूर्वराजदूत झाको टाउकोमा सातपटक चक्कु प्रहार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा सोमबार बिहान बबरमहलस्थित निवासमा मृत भेटिएका थिए । शवको प्रकृति र घरमा भेटिएका प्रमाणका आधारमा झाको हत्या भएको प्रहरीले दाबी गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले झाको हत्या नै भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

 

‘हाम्रो अनुसन्धानले अहिलेसम्म हत्या नै भएको देखाउँछ, थप अनुसन्धान भइरहेको छ,’ सिंहले राजधानीसँग भने, ‘हत्याराको पहिचान चाँडोभन्दा चाँडो गर्नका लागि अनुसन्धानका सबै पाटामा हामी लागिपरेका छौं ।’

 

प्रहरीले तीन जना शंकास्पद व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । झाको घाँटी र टाउकोमा सातपटक चक्कु प्रहार गरिएको छ । अनुसन्धानका लागि महाशाखाले झा निवासमा कार्यरत कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको छ ।

 

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले पनि झाको हत्या नै भएको बताए । घटनास्थल पुगेका उनले भने, ‘त्यो हत्या नै हो, बाँकी अनुसन्धान हुँदै छ ।’

 

प्रहरीले झाको हत्या राति १२ देखि ६ बजेबीचमा हुन सक्ने अनुमान गरेको छ । बिहान ५ बजे नै उठ्ने झा ६ बजेसम्म नउठेपछि घरका सदस्यले उनको कोठामा हेर्दा रगताम्य अवस्थामा शव फेला पारेका थिए । घरकै चक्कु प्रयोग गरी झाको हत्या गरिएको प्रहरीको प्रारम्भिक दाबी छ ।

 

प्रहरीका अनुसन्धान अधिकारीले घरको चारैदिशामा कसैको प्रवेश भएको संकेत फेला पारेका छैनन् । उनीसँगै रहेका पाल्तु कुकुर पनि कसैसँग भिडेको संकेत नदेखिएका कारण हत्यामा परिचितको संलग्नता हुन सक्ने देखिन्छ ।

 

आइतबार बेलुकाको खाना खाएर सुतेका उनको मृत्यु भएको बिहान मात्रै परिवारले थाहा पाएका थिए । झा पत्नी र सहयोगीसहित बस्दै आएका थिए ।

 

पारिवारिक स्रोतका अनुसार प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका तामाङ सात वर्षदेखि झा निवासमा कार्यरत छन् । अन्य दुई जना माली भने सातामा दुई वा तीन दिन सरसफाइका लागि आउने गरेका थिए । तामाङ भने पालेको काम पनि गर्थे । आजको राजधानी दैनिकबाट । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 2 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।