जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

काठमाडौँ । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ ।

 

जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेखेको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध पक्ष समेटिएको छ । पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, शहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायत पक्षलाई विस्तृतमा विवेचना गरिएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिसडाँडामा मङ्गलबार पुस्तकको विवेचना गर्दै नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको बताइन् । जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताइन् ।

 

मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताइन् । नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ ।

 

“पुस्तक र लेखक देशभरका महिलाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । महिलाका समस्यामात्रै नभएर यस पुस्तकमा श्रमजीवी वर्ग र महिलाको मुक्तिका लागि वैज्ञानिक समाजवादका लागि समेत पहल गरेको छ”, उनले भनिन्, “कर्णालीबाट शुरु भएको भए पनि देश र समग्र विश्वलाई नै महिला मुक्तिको आन्दोलनलाई अगाडि बढाउन यस पुस्तकमा समावेश अनुभवले बाटो देखाउँछन् । पुस्तकले उठाएको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययनअध्यापन गराउनुपर्छ ।”

 

पूर्वमन्त्री एवं नेकपा नेतृ सत्या पहाडीले महिला मुक्ति मात्र नभई मुलुकको समग्र रुपान्तरणका लागि पुस्तक कोशेढुङ्गा सावित हुने बताइन् । लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उनले लेखेको पुस्तक कर्णालीका महिला भाग १ र २ यसअघि नै प्रकाशित भइसकेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 52 minutes ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 2 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।