पोखरामा बालकालिकाले लगाएका मुन्द्रा चोर्ने दुई जना पक्राउ
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- नेपाल

पोखरा । पोखरामा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका वर्ष २२ की एलिशा गुरुङ र पोखरा १३ का ३० वर्षका विजय सुनार रहेका छन् ।
प्रहरीले एलिशालाई पालिखेचोक र विजयलाई फूलवारीबाट सोमबार पक्राउ गरेको हो । साना बालकालिकाहरुलाई ललाई फकाई सुनको मुन्द्रा चोरी गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्त प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
उनीहरु दुवैलाई अदालतबाट एक साताको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका विजय पोखरा ११ मा सुन पसल सञ्चालन गर्दै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा
- 2 hours ago

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'
- 3 hours ago

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल
- 3 hours ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।