दुई महिना अगाडि भएको थियो प्रेम विवाह, श्रीमानले गरे श्रीमतीको हत्या

एजेन्सी । भारतको मध्ये प्रदेशमा एक जना श्रीमानले आफ्नो नविवाहित श्रीमतीको हत्या गरेका छन् । लकडाउनको समयमा उनीहरुबीच प्रेम भएको थियो । अगस्ट महिनामा उनीहरुले विवाह गरेका थिए ।

 

अक्टोबर महिनामा उनीहरुबीचको विवाद यतिसम्म बढ्यो कि श्रीमानले श्रीमतीको हत्या नै गरिदिए । श्रीमतीको हत्या गरेपछि श्रीमान आत्मसमर्पण गर्न प्रहरी चौकी पुगेका थिए । 

 

यो घटना इन्दोरको हो । संयोगितागन्ज प्रहरी चौकीमा उक्त केश दर्ता भएको हो । रिपोर्टका अनुसार पतिले कुकुरलाई बाँध्ने चेनले श्रीमतीको हत्या गर्ने प्रयास गरेका थिए ।

 

चेनले हत्या गर्न असफल भएपछि पतिले भान्छाबाट चक्कु निकालेर श्रीमतीको हत्या गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले आफ्नी २२ वर्षिया श्रीमतीको हत्या गरेका हुन्  ।

 

हत्या भएकी युवती अंशुको परिवारले हत्याका आरोपी परिवारमाथि प्रहरीले कारबाही प्रक्रिया ठीकसँग अगाडि नबढाएको आरोप लगाएका छन् ।

 

पति हर्ष शर्माले एक कम्पनीमा काम गर्दै आइरहेका थिए ।

 

यही दौरान उनीहरुबीच प्रेम भएको थियो । दुवैले मन्दिरमा विवाह गरेका थिए । तर, समय बित्दै गर्दा उनीहरुबीचको झगडाले उग्र रुप लिएको थियो जसमा श्रीमतीको ज्यान नै गएको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 18 seconds ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 2 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 7 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।