प्रहरीको संलग्नतामा २२ लाखमा ज्यान मुद्दाको मिलापत्र

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, २७ कार्तिक, २०७५
  • 3 years ago
  • समाचार

काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ।

 

कपिलबस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो । 

 

कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ राहत दिने र रकम लिएपछि दुबै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ।

 

व्यक्तिगत लेनदेनको सिलसिलामा सई कार्कीले १८ कात्तिक राती ती व्यक्तिलाई मोटरसाईकलमा लिएर गएका थिए। भोलीपल्ट महानगररिए प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान बिरामी भएर वीर अस्पतालमा लगिएको भन्दै भेटन् आउन खबर गरेको थियो। त्यसको केही घण्टामै उनको निधन भएको थियो।

 

घटनापछि सई कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोज्दा महानगरिय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेका मृतकका आफन्तर नातेदारले बताएका छन्।

 

फौजदारी न्यायप्रणालीले सरकारवादी मुद्दा फिर्तामा कठोर मापदण्ड अपनाएको छ। मिलापत्रको कल्पना पनि गरेको छैन। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता रञ्जीव रेग्मीले यस्तो मिलापत्र गौरकानुनी भएको बताए। आजको कान्तिपुर दैनिकबाट । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।