अबैध सम्बन्ध ढाकछोप गर्न श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमी पक्राउ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, २८ कार्तिक, २०७५
  • 3 years ago
  • समाचार
सांकेतिक फाेटाे

काठमाडौं । विराटनगर र अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफनो श्रीमानको हत्या गरेकी छिन । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ ।

 

प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि मोरङको सुनवर्षी नगरपालिकाकी फुलमुनी हेमरमले प्रेमी मदन मुर्मुसँग श्रीमानको सोहिमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार गत शनिबार सोहिम श्रीमान श्रीमतीबीच दिनभरी झगडा भएको थियो । हेमरन र फुलमुनीको झगडा भएपछि छिमेकीसमेत रहेका मदनले हेमरनलाई घरबाट लगेर मदिरा सेवन गराएका थिए ।

 

मदिरा सेवन गरी राति मदनसँगै फर्किएका सोहिमले पुन श्रीमतीसँग झगडा गरेपछि फुलमुनीले पिर्काले प्रहार गरेकी थिइन् । पिर्काले कन्चटमा लागेपछि लडेका सोहिमलाई मदन र फुलमुनीले मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

 

हत्या भएको खबर पाएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै पक्राउ गरेको थियो भने २४ बर्षका प्रेमी मदनलाई सुनबर्षी ३ अन्तरगत बक्राहा खोलाछेउमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीका अनुसार कन्चटमा पिर्काले लागेपछि लडेका सोहिमको घाँटी मदनले तकियाले थिचेका थिए भने पत्नी फुलमुनीले खुट्टा समाएर हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

 

घरमा सुतेको व्यक्त्ति ओच्छ्यानमै मृत फेला परेको खबर आएपछि पुगेको प्रहरीले फुलमुनीलाई घरबाट नै नियन्त्रणमा लिएको थियो । सामान्य मजदुर परिवारका सोहिम सधैं मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए । उनको घरमा छिमेकीसमेत रहेका मदनको आउजाउ बाक्लो थियो । पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरेका छन् । आजको नेपाल समाचारपत्रबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 2 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 2 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 4 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।