राजदूत मार्नेको खुल्यो रहस्य

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, १२ मंसिर, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको दोषी अहिलेसम्म पक्राउ नपर्दा आलोचित भइरहेको प्रहरीले त्यस्तै जटिल हत्या प्रकरणका कसुरदारको भने पहिचान गरिसकेको छ ।

 

भदौ ४ गते बबरमहलस्थित आफ्नै घरमा मारिएका फ्रान्सका निम्ति पूर्वराजदूत केशव झाको हत्यारा पहिचान भएको, तर प्रमाण र कारणसम्बन्धी सबुत नहुँदा प्रहरी अलमलमा परेको हो । लामो समयको अनुसन्धानपछि उनैको घरमा गार्ड र भान्सेको काम गर्ने सानु तामाङ उक्त हत्याको एकल कारक ठहर भएका छन् । 

 

प्रहरीले घटनालगत्तै अनुसन्धान गर्ने क्रममा ४८ वर्षीय गार्ड तामाङसहित ५३ वर्षीय माली आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको जर्मन सेफर्ड कुकुर म्याक्सले गार्ड तामाङतिर नाक सोझ्याएको थियो तर, हत्या गरेको सबुत फेला नपर्दा र निरन्तर इन्कारी बयान दिँदा उनी पक्राउ पेरर पनि छुटेका छन् । महानगरीय प्रहरी कार्यालयमा गरिएको पोलिग्राफ विधिको बयानका क्रममा धेरै कुरा ढाँटेका थिए । अहिले प्रहरीले उनको भूमिका प्रमाणित गर्ने दुईवटा आधार तयार पारेको छ । एक हो, हत्यामा प्रयोग भएको चक्कु भान्साबाट ल्याइएको र उनी आफैं भान्से रहेको । अर्को हो, सिरानी । पूर्वराजदूत झाले अघिपछि प्रयोग गर्ने सिरानी हत्या हुँदा उनकै कोठामा दुरुस्तै थियो । उक्त सिरानी भने उनै गार्डले गेटसँगैको टहरामा सुत्दा प्रयोग गर्ने गरेको प्रहरीस्रोतको दावी छ । आजको जनआस्था साप्ताहिकबाट । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।