प्रेमीसँग मिलेर दश लाखको सुपारीमा आफ्नै श्रीमानको हत्या !

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । हाम्रो छिमेकी राष्ट्र भारतको ग्रेटर नोएडामा एक आश्चर्य जनक हत्या भएको छ । जहाँ एक महिलालाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार ती महिलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको सुपारी दिएर हत्या गरेकी छन् । 

 

मृतक श्रीमानको नाम पंकज मिश्र हो । उनी पेशाले एक इलेट्रिसियन थिए । पंकजले जेपी कसमस सोसाइटीमा काम गर्दै आएका थिए । गत विहीबार विहानै पंकज काम निस्किए, तर बीच बाटोमै उनलाई मोटरसाइकलमा सवार तीन बदमासले गोली प्रहार गरी हत्या गरिदिए । जानकारी पाउनसाथ प्रहरी घटनास्थल पुग्यो ।

 

जाँच गर्ने क्रममा प्रहरीले हत्या गर्नुको रहस्य नै पत्ता लगाउन सकेन, किनभने त्यहाँ हत्यापछि कुनै लुटपात गरिएको थिएन । त्यसोत, यो घटनालाई लिएर प्रहरी आफै अममलमा परेको थियो । हत्याराले पनि कुनै प्रमाण छोडेको थिएन । तर, सोधपुछ गर्ने क्रममा पंकजकी श्रीमती शैला मिश्रले भने पटक–पटक आफ्नो बयान परिवर्तन गरिरहेकी थिइन् । त्यस्तै उनले अनौठो गतिविधिहरु पनि देखाइरहेकी थिइन् । 

 

त्यसपछि प्रहरीलाई झन शंका लाग्यो र केही समयपछि श्रीमती शैलाको प्रेमी पनि भएको पत्ता लगायो । जसको नाम सुरेश बताइएको छ । प्रहरीले सुरेशलाई पनि पक्राउ गरी सोधपुछ सुरु ग–यो । सोही क्रममा प्रहरीले पंकजको हत्याको लागि सुपारी लिने तीन जनालाई पक्राउ ग–यो ।

 

जब पंकजको हत्याको लागि सुपारी लिने तीन जना पक्राउ परे, तब सबै घटनाको बेलिबिस्तार छताछुल्ल भयो । श्रीमती शैला र प्रेमी सुरेशले पंकजको हत्याको लागि दश लाखको सुपारी दिएका थिए । साथै एडभान्स स्वरुप ५० हजार रुपैया पनि दिइसकेका थिए ।

 

अहिले प्रहरीले तीनै जना हत्यारा, पंकजको श्रीमती र प्रेमी सुरेशलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 6 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।