१३ वर्षीया किशोरीको हत्या, दोषीलाई कारबाही माग्दै प्रदर्शन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त नगरपालिका–२ र १८ को सिमानामा पर्ने निम्बुखेडाको पत्थर खोलाछेउ उखुबारीमा शव भेटिएको हो । घटनास्थल उनको घरबाट एक किलोमिटर दूरीमा छ ।

 

स्थानीय सरस्वती उच्चमाविको कक्षा ९ मा अध्ययनरत निर्मलाको हत्या भएको आशंका प्रहरी र आफन्तले गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीका अनुसार उनको बाहिरी शरीरमा कहीं पनि घाउचोट छैन । उनको मृत्युको कारण खोजी भइरहेको डीएसपी सेठीले जानकारी दिए ।

 

आमा दुर्गादेवीका अनुसार निर्मलाले चलाएको साइकल महेन्द्रनगर–बागफांटा सडकको छेवैमा थियो । कापी–किताब पनि साइकलमै थिए । बिहीबार दिउँसो साथी रोशनीको घर गएकी निर्मला त्यसपछि घर नफर्किएको दुर्गाले जानकारी दिइन् ।

 

‘गाउँकै सोझी र पढाइमा मिहिनेती थिई,’ निर्मलाकी छिमेकी विमला पन्तले भनिन्, ‘छोरीकै सहारामा आमाले गुजारा गरिरहेकी थिइन् ।’ घरैमा चटपटे पसल चलाउँदै आएकी दुर्गा बिहीबार निर्मलालाई पसल जिम्मा लगाएर सामान लिन भारतको बनवासा गएकी थिइन् । फर्केर आउँदा छोरी नदेखेपछि खोजी सुरु गरेको र साँझ प्रहरीमा खबर गरेको दुर्गाले बताइन् ।

 

शव भेटिएलगत्तै निम्बुखेडा र उल्टाखामका महिलाले ‘हत्यारा’ पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । आजको कान्तिपुरबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

  • 3 hours ago
गठबन्धनको सामना गर्न एमाले तयारः अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  • 3 hours ago
नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

  • 5 hours ago
माओवादी केन्द्रको महासचिव गुरुङ, उपमहासचिवमा पुन, शर्मा र पोखरेल!

काठमाडौँ। महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको नेकपा माओवादी केन्द्रले बिहीबार नै बस्ने बैठकमा पदाधिकारी चयन गर्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी टुंग्याउन



पर्यटन

चिटिक्क घार गाउँ

चिटिक्क घार गाउँ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।

विचित्र विश्व

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।